दमक नगरपालिकाबाट नगरपालिकाको समन्वयमा एकैपटक ३ जना सहयोगापेक्षीको उद्दार


असार २७, २०७७ । दमक नगरपालिकाको विभिन्न क्षेत्रमा अत्यन्तै कष्टपूर्ण जीवनयापन गरिरहेका ३ जना सहयोगापेक्षी व्यक्तिहरुलाई उद्दार गरिएको छ । उनीहरुलाई दमक नगरपालिकाको अभिभावकत्व र उपमेयर गीता अधिकारीज्यु तथा प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका माननीय राज्यमन्त्री जसमाया गजमेरज्युको उपस्थितिमा उद्दार गरि मानवसेवा आश्रम प्रदेश नं १ बिराटनगर शाखामा ल्याइएको हो ।

"दमक नगरपालिकाले बिगत २ बर्षदेखी सडकमा कष्टकर जीवन बिताइरहेका महिलाहरुलाई उद्दार गरि उपचार गरेर पुनर्स्थापनाको सेवा गर्दै आइरहेको तर त्यसपछि पनि पारिवारिक पुनर्मिलन हुन नसक्नेहरुको लागि ब्यबस्थापनमा समस्या भईरहेकोले मानवसेवा आश्रममा खबर गरेका हौँ"  नगरपालिकाको उपमेयर आदरणीय गीता अधिकारीज्युले भन्नुभयो ।

दमक नगरपालिकालाई सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवमुक्त नगरपालिका निर्माण दमक नगरपालिका तयार रहेको र कोरोनाको कहर अन्त्यसँगै छिट्टै नै मानवसेवा आश्रमसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । 

"सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युले देशलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माण गर्ने उद्घोष गरिरहँदा उहाँकै क्षेत्र दमक नगरपालिका एवं सम्पूर्ण नेपालीको पनि दायित्व भएकाले यो मुद्दामा हामि गम्भीर छौं ।" उहाँले थप्नुभयो ।

१ नं प्रदेशलाई सहयोगापेक्षी सडकमानव मुक्त प्रदेश निर्माण गर्न १ नं प्रदेशमा रहेका सम्पूर्ण स्थानीय निकायहरुलाई क्रमबद्द रुपमा सहयोगापेक्षी सडकमानव मुक्त नगर निर्माण गर्नु पर्ने आवश्यकता र मानवतालाई केन्द्र विन्दुलाई राखि उद्दार अभियानलाई तिब्र बनाईएको मा. राज्य मन्त्रीज्युले बताउनु भयो।