उदयपुरबाट १० बर्षदेखी खोरमा थुनेर राखिएका एक सहित १० जना सहयोगापेक्षीको उद्दार, PCR नतिजा नेगेटिभ


१८ श्रावण २०७७ । मानसिक रुपमा कमजोर भएपछी घरभन्दा टाढा बिगत १० बर्षदेखी  खोरमा थुनेर राखिएका एकजना व्यक्ति सहित उदयपुर जिल्लाबाट जम्मा १० जनाको उद्दार गरि मानवसेवा आश्रम प्रदेश नं १ बिराटनगर शाखामा ल्याइएको छ 

प्रदेश नं १ का सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेज्यू, प्रदेश सभा सदस्य कला घलेज्यू,कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठज्यू, उप-प्रमुख भीम कुमारी राउतज्यू, मानवसेवा आश्रमका अभिभावकज्यूहरु सहित उदयपुर जिल्लामा गई उद्दार गरेर सबैजना सहयोगापेक्षीहरुलाई आश्रममा ल्याइएको हो ।

उद्दार गरिएका मध्ये ५७ बर्षीय कटारी नगरपालिका -१ कालीखोलाका तर्कबहादुर अधिकारीमा सानै उमेरदेखी मानिसक समस्या देखिएको र बिगत १० बर्षदेखी खोरमा थुनिएको तर्कबहादुरका भाईले बताउनुभयो । उद्दारको लागि मानवसेवा आश्रम त्यहाँ पुग्दा उहाँ घरबाट करिब २५० मिटर टाढा बाँसघारीमा रहेको खोरमा थुनिएको र नग्न अवस्थामा रहनुभएको थियो ।

शनिबार उद्धार गरिएकाहरु ५ सन्तानका आमा, सडकमा रहँदै गर्भवती भएकी बालिका, १० वर्षदेखि खोरमा राखिएका, परिवारका सदस्य देख्ने वित्तिकै आक्रमण गर्न थालेपछि साङ्लोले बाँधिएका, पढ्दा पढ्दै स्कुल छोडेका युवाहरु हुनुहुन्छ ।

प्रदेश नं १ सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेज्यूको पहलमा उद्दार गरिएका मध्ये १० बर्षदेखी कसैको सम्पर्कमा नआएका तर्कबहादुर बाहेक चिकित्सकको परामर्श अनुसार अन्य ९ जना सहित उद्दारमा गएका जम्मा गरि २४ जनाको आश्रममा नै चिकित्सकको टिम आएर कोरोना गरिएको र सबैको नतिजा नेगेटिभ आएको छ ।

मानवसेवा आश्रमले अहिले सम्म प्रदेश १ मा १ सय ८ जनाको उद्धार गरिसकेको छ । उद्धार गरिएका मध्ये अहिले ६५ जना आश्रममा हुनुहुन्छ । अन्यलाई उपचारपछि परिवारको जिम्मा लगाइएको छ । त्यसै गरि सातै प्रदेशको १४ जिल्ला र १९ सेवाकेन्द्रहरुमा गरि १००० जना सहयोगापेक्षीको उद्दार गरि आश्रमको छानामुनी राखेर लौरी स्वरुपको साहरा बनेर सेवा प्रदान गरिरहेका छौं ।

हाम्रो चाहना : सबैको लागि खाना, नाना र छाना
हाम्रो प्रतिबद्धता : सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा
हाम्रो सपना : मानवीयताको राष्ट्र नेपाल (The Country of Humanity, Nepal)

मानवीय सेवामा सहकार्यको लागि :
BANK ACCOUNT NUMBER: D101010000179
BANK ACCOUNT NAME: MANAVSEWA ASHRAM (All in capital letters)
BANK NAME: GLOBAL IME BANK (KAMALADI, KATHMANDU)
SWIFT CODE: GLBBNPKA

सम्पर्क नम्बर: सातै प्रदेशको सेवाकेन्द्रहरुमा सम्पर्क गर्नको लागि ९८५५०७६००१ देखी ९८५५०७६०१५ मा सम्पर्क गर्नुहोला ।