प्रिय प्रिय प्रिय छोरी खुशीलाई जन्मदिनको लाखौ लाख शुभभावना..., खुशी क्लबलाई चौथो बार्षिकोत्सवको .......


खुल्ला आकाशमै डुलिहिड्ने, आफ्नै दिशा र खाना विचको असमानता छुट्ट्याउन समेत नसक्ने, अर्धनग्न शरिर लिएर सडकपेटीमै सुत्न बाध्य भएकी एकजना मनोरोगी जसलाई यो समाजले तयार पारेको नरपिचासहरु र्गववती बनाईदिए ।

गर्वमा छोरी बढ्दै जाँदा समेत उनीसँग प्यास मेटाउनेहरुको बरबरता रोकीएन, सामूहिक जवरजस्तीकरणीको समेत प्रयास भइरहेको भन्ने खबर पुगेपछि रौतहटका तत्कालिन प्रजिअ मदन भुजेलज्युले ती मनोरोगी दिदीलाई मानवसेवा आश्रम हेटौंडा ल्याईदिए ।

आश्रमलाई समेत उनको हेरचाह हम्मे हम्मे बन्यो । अस्पतालमा अझै सुत्केरी हुन कम्तिमा एक हप्ता लाग्छ भनेर फर्काइएकी उनले भोलिपल्ट विहानै ३ बजेतिर सबैको आँखा छलि आश्रम परिसरमा रहेको पानी कलमा पुगेर छोरीलाई जन्म दिईन् ।

बच्चालाई त्याही छाडेर अनी अन्त कतै गएर बसिन् ।उनले मातृत्व दर्शाउन जानीनन्, सकिनन् । बरु सदै गरीने शौच जस्तै भयो । दिशा हो या बच्चा समेत उनले छुट्ट्याउन सकिनन् ।

धन्न तेतीनै बखत आश्रमकै एकजना बुबा शौचालय जान उठेछन् । बच्चा कराइरहेको देखेपछि सबैलाई खबर गरे ।

चट्टानलाई फोरेर उम्रिएको पिपलु जस्तै अनेकौ उल्झनलाई झेल्दै छोरीले मानवसेवा आश्रमकै प्राङ्गणमा जन्मलिईन् ।त्यस दिनदेशी सबै आश्रम परिवारको खुशीको स्रोत बनिन् ।

न बाबाले बाबाको व्यवहार गरे, न आमाले आमाको व्यवहार गरिन्, उनी कसैको योजनामा यस धर्तिमा आएको थिइनन् । उनी संयोगले कसैको कोखमा आइन्, अनी संयोगले नै यस संसारमा जन्म लिईन्, अनि संयोगले नै मानवसेवा आश्रममा पनि ।

जन्मने वित्तिकै उनले कयौं आमा र बाबा पाईन । आमाको गर्वमा रहदा उनले आमा बाबाबाट पाउनु पर्ने माया त पाईनन्, तर जन्म लिइसकेपछि उनी अत्यन्त भाग्यमानी सावित भईन् ।

मानवसेवा आश्रम सुभारम्भ भएकै दिन पारेर छोरीको जन्म भयो यो चाही सायद संयोग थिएन झै लाग्झ, यसमा कतै अदृश्य शक्तिको भूमिका थियो। यसो नहुने थियो भने छोरीले गर्वबाटै जीन्दगीको यात्रालाई पूर्णविराम लाग्न पथ्र्यो त्यसो भएन......

उनी जन्मेकै खुशीयालीमा उनको नाम खुशी नाममाङ्करण भयो । खुशी क्लबको स्थापना भयो आज छोरी चार बर्ष पुरा भएकी छिन्, खुशी क्लवले आफ्नो चौँथो बार्षिकोत्सव मनाउने तयारी गर्दैछ ।

सडकबाट बेसहारा सहयोगापेक्षी सडकमानवहरुको उद्धार कार्य सुभारम्भ भएको, अनौपचारीक रुपमा मानवसेवा आश्रमको शंखघोष भएको आज आठ बर्ष पूरा भएको छ ।

प्रिय प्रिय प्रिय छोरी खुशीलाई जन्मदिनको लाखौ लाख शुभभावना, खुशी क्लबलाई चौथो बार्षिकोत्सवको .......

अन्तमा :

हामी सबैजनालाई यस पुनित कार्यमा जोडीने अवसर प्रदान   गर्ने, मानवसेवा आश्रम (मानवीय सेवा)को सुभारम्भ गर्ने अठोट, दृढ संकल्प र परिकल्पना गर्नुहुने,खुशी जस्तै ७० जना अरु छोराछोरीलाई न्यानो छाहारी प्रदान गर्ने,

११०० जनाको भाग्य विधाता, जो यो देशलाई बेसहारा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने कसम खाएर अघि बढीरहेको छ,मानवीयताको राष्ट्र नेपाल निर्माणको सुन्दर सपना बोकेर कर्तव्यपथमा निरन्रत अघि बढिरहेको छ,उनै समादरणीय, पुजनीय गुरु रामजी अधिकारीज्युप्रति विशेष अभार.....जसको कारण यी पुण्य कर्मको साक्षि बन्न म स्वयंले पाएको छु ।हवनको क्रममा कर्तालाई छुदाँ मात्रपनि लाभ हुन्छ भन्ने सुनेको थिए, हो त्यस्तै अवसर हामीले प्राप्त गरेका छौं ।मेरो गुरुलाई पनि यस धर्तिमा ल्याउन माध्ययम बन्नुहुने ममतामयी मातापिता र यस्तो पथमा लम्कना प्रेरणा प्रदानगर्नुहुने सम्पुर्ण गुरुजनहरुप्रति विशेष नमन् ।