मानवसेवा आश्रम ८ औ बर्षमा, सम्पुर्ण शाखाहरुले साँझ ०६ः३० बजे दिप प्रज्वलन गरिने....


मानवसेवा आश्रमले सेवा सुभारम्भ गरेको आज आठ बर्ष पुरा भएको छ । २०६९ साल श्रावण २१ गते हेटौंडा ५ अब्बलडाँडामा एक ओटा फ्ल्याट भाडामा लिई ५ जना बेसहारा सहयोगापेक्षी सडकमानवहरुलाई आश्रय दिई सेवा सुभारम्भ गरेको थियो । भाद्र ३१ गते संस्थाको औपचारिक समुद्घाटन भएको थियो ।
 
आज अनौपचारिक रुपमा सेवा सुभारम्भ भएको दिनको स्मरण गर्दै आश्रम सञ्चालनमा रहेको १९ ओटै सेवा केन्द्रहरुमा साँझ ठिक ०६ः३० बजे दिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ । संस्थाको औपचारिक समुद्घाटन भएको दिन भाद्र १३ गते संस्थाको मुख्य कार्यालय मकवानपुर हेटौंडामा आठौं बार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने संस्थाको तयारी रहेको छ ।
जय मानवसेवा !
जय मानवता !