जन्मदिनमा प्रथम महिला राधिका शाक्यज्युद्वारा मानवसेवा आश्रमको तीन शाखामा भोजनसेवा



सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको अर्धांगिनी 
एवं प्रथम महिला  राधिका शाक्यज्युले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रमको ३ ओटा शाखामा सेवा लिइरहेका लक्ष्मीनारायण तथा बालगोपाल(आश्रित)हरुलाई भोजन गराउनु भएको छ ।

उहाँल मानवसेवा आश्रम सामाखुशी, बुढानिलकण्ठ र कौशलटार भक्तपुरमा रहेको मानवसेवा आश्रमका तीन शाखामा आश्रित १७० जनालाई भोजन गराउनु भएको हो ।

स्वस्फूर्तरुपमा मानवसेवा आश्रमको सामाखुशी शाखामा पुग्नुभएकी उहाँले त्यसयता आफू र आफ्नो परिवारको खुशीयाली आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त सहयोगापेक्षी मानवहरुको साथमा मनाउदै आइरहनु भएको छ ।

करिब एक बर्ष अघि मानवसेवा आश्रमले सञ्चालन गरिरहेको मानवीय सेवाको गतिविधी र सहयोगापेक्षी सडकमानवहरुकोक यथार्थ अवस्थालाई आफै उपस्थित भई बुझिसकेपछि सम्माननीय प्रधानमन्त्रीज्युको सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनको लागि ध्यानाकर्षण समेत गराउनु भएको थियो ।

यस वर्ष सरकारले विभिन्न संघसंस्थासँगको सहकार्यमा सहयोगापेक्षी (बेसहारा, असहाय, अनाथ, अशक्त, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने तिनी पास गरेको छ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु
ले अब कोहीपनि खुला आकाशमुनी सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने पटक पटक बताउनु भएको छ ।

हाल मानवसेवा आश्रमले सात प्रदेशका विभन्न १४ जिल्लामा १९ ओटा सेवाकेन्द्रहरु मार्फत सहयोगापेक्षी सडकमानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनका कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । हाल देशैभर रहेको १९ केन्द्रहरुमा हाल ११ जना विभिन्न सडकपेटी एवं सार्वजनकि स्थलहरुबाट उद्धार गरीएका सहयोगापेक्षीहरुले आश्रय लिइरहेका छन् ।