नेपालमा लायन्स स्थापनाको ५० औं बर्ष: मानवसेवा आश्रमको सबै शाखामा 325 B2, Nepal को भोजनसेवा


श्रावण २५, २०७७ । लायन्स क्लब इन्टरनेसनल ३२५ बि२, नेपालले मानवसेवा आश्रमको सात प्रदेशको १४ जिल्लाका १९ वटा सेवाकेन्द्रहरुमा भोजनसेवा स-प्रेम अर्पण गरेको छ ।

"हामी सेवा गर्छौं" भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै पूर्व प्रधानमन्त्री स्व. मातृकाप्रसाद कोईरालाको नेतृत्वमा सन १९७१ अग़स्ट ९ मा नेपालमा पहिलो पटक विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरी ५० बर्ष अगाडी नेपालमा लायन्सको सुरुवात गरेका थिए । 

लायन्सले नेपालमा समाजसेवाको कार्यमा अगाडी बढ्दै आइरहेको सन्दर्भमा यस बिशेष अवसरलाई र उक्त बिशेष दिनलाई स्मरण गर्दै लायन्स क्लब इन्टरनेसनल ३२५ बि२, नेपालले मानवसेवा आश्रमको देशभर रहेका सात प्रदेशको १४ जिल्लाका १९ वटा सेवाकेन्द्रहरुमा अगस्ट ९ अर्थात आज बिहानको भोजनसेवा स-प्रेम अर्पण गरेको छ ।

कोरोनाको त्रास र यसको असरले मानवसेवा आश्रममा रहनुभएका प्रतिरोधात्मक क्षमता कमजोर भएका आमाबुबाहरु रहनेभएकोले आश्रममा उपस्थित नभएपनि भोजनसेवा अर्पण गर्नुभएको हो ।

आजको दिनमा मानवसेवा आश्रमको संरक्षणमा देशभरि नै गरि ११०० जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्ने अवसर पाइरहेका छौं ।

लायन्सको बिशेष दिन मानवसेवा आश्रममा आश्रित सडकपेटीबाट उद्दार गरि ल्याइएका सहयोगापेक्षी आमाबुबा तथा दाजुभाई, दिदीबहिनीहरुसँग खुसी साट्दै भोजनसेवा अर्पण गरेर मनाउनु भएकोमा लायन्स क्लब इन्टरनेसनल ३२५ बि२, नेपालका गभर्नर एवं मानवसेवा आश्रमका अभिभावक आदरणीय शम्भु नकर्मीज्यू, फर्स्ट भाइस गभर्नर आदरणीय राम प्रसाद भट्टज्यू, सेकेन्ड भाइस गभर्नर आदरणीय सिबी चन्दज्यू एवं सम्पूर्ण लायन्स परिवारलाई धेरै धेरै बधाई एवं शुभ-भावना ब्यक्त गर्दछौं ।

स्वर्ण महोत्सवको यो बर्ष हर्षोल्लासका साथ समाजसेवामा, मानवीय सेवामा अझ बढी लाग्न प्रेरणा मिलिरहोस भन्दै र नयाँ कार्यकालको लागि समेत शुभ-भावना ब्यक्त गर्दछौं ।

"सबैको मंगल होस्,

सबैको कल्याण होस्,

प्राणी मात्रको हित होस्,

विश्वको जय होस्"

जय मानवसेवा ! जय मानवता !!