जीवनभर साथ दिन्छु भन्नेलेनै लात मारेपछि करोडपति रामबहादुरको कन्तबिजोग ! अन्तमा मानवसेवा आश्रममा


सानैमा आमा गुमाएका राम बहादुर बुबालाई अहिले आफ्नो आमाको अनुहार याद छैन । उनलाई केही दिन मात्र स्कुल गएको याद छ, दुई कक्षा पुग्दा नपुग्दै पठाईमा पुर्णविराम लाग्यो । 

उनलाई व्यापारमा राम्रो सोख थियो त्यसैले १३ बर्षकै उमेरमा सिन्धुपालचोकको चौतारामा किराना पसल खोले । किराना पसल गर्न उनलाई बुबाले दश हजार दिएका थिए, साथीबाट पाँच हजार सापटी लिए । 

१३ बर्ष उनले चौतारा बजारमा किराना पसल चलाए । त्यतिवेला उलन स्वीटरको राम्रो बजार भएकोेले उनले पसल छाडेर काठमाडौंबाट तीनओटा मेसिन किनेर लगे, चौतारामै उलन कारखाना चलाए । कारखाना राम्रै चलेको थियो, कारखानामा १० जनाले काम गर्थे,  चौतरा बजारमै चार आना जग्गा किनेर कारखाना आफ्नै घरमा सारे । उनी २७ बर्ष पुग्दा नपुग्दै १४ बर्ष किराना पसल गरे, घर बनाए, आफ्नै कारखाना चालाए, कारखानामा कम्तिमा १० जनालाई जागिर दिए ।

दुष्टको आँखा लागेपछि उनको जीवनको पहिलो अध्यायले याँही पूर्णविराम लियो । २०३९ सालमा उनको उलन कारखानाको मेसिन र सम्पुर्ण सामाग्री नै चोरी भयो । 

उनी विरक्तिय तर जीन्दगीबाट हार खाएनन् काठमाडौं आएर पुतली सडकमा उनले केक पसल खोले । मेहनती र सफासुग्घर भएकोले नजिकै शकंरदेव क्याम्पस भएकोले उनलाई क्याम्पसले क्यानटिन खोल्न अनुरोध ग¥यो । केस पसल छाडेर उनी शंकरदेव कलेजको क्यानटिन चलाउन थाले । काठमाडौंमा एक्लै आएका उनले २७ बर्षको उमेरमा फेरी नयाँ अध्याएको सुरु गरे । त्याहापनि उनको ९, १० जना कर्मचारी भए । उनको क्यान्टीन राम्रै चल्यो । ४३ सालममा ट्याक्सि किने र ड्राइभर खोजेर चलाउन दिए । टुकुचा खसी बजारको राश्व उठाउने ठेक्का पाए यो दुवै उनको साइड विजनेस थियो ।
४६ सालको अन्दोलनमा आन्दोलनकारीले उनको ट्याक्सि जलाईदिए । विक्रम टेम्पो नेपाल भित्रियो उनले ५ ओटा विक्रम ट्याम्पोे किने र आफ्नो साईड विजनेसलाई अझै बृहत्तर बनाए । सबै राम्रै चलेकै थियो । 

उनले राम्रोसँग क्यानटिन चलाएको देखेर फेरी उनलाई पध्मकन्या क्याम्पसबाट क्यानटिन चलाउन प्रस्ताव आयो, उनले शंकरदेव क्याम्पसको क्यानटिन छाडे ।  पद्यमकन्या कलेजको क्यानटिन चलाउन उनको ३२ जना सम्म कर्मचारी थिए । विरत्तिएर काठमाडौं छिरेका राम बहादुर यतिखेर राम्रै व्यापारी बनिसकेका थिए । 

५४ सालमा सरकारले विक्रम टेम्पो बन्द गर्ने निर्णय ग¥यो काठमाडौंमा । उनी विरगञ्ज र हेटौंडा सम्म पुगेर कम पैसामै भएपनि टेम्पो बेचे अनि २०५७ सालमा दुईओटा निलो माइक्रो किने प्रति ६ लाख खर्चेर, बैंकबाट पनि पैसा निकालेर फेरी उनले २०५८ सालमै थप एकओटा निलो माइक्रो, एक ओटा हाइस माइक्रो र एक ओटा किया मोटर किने । भक्तपुरको दुधपाटीमा चार आना जग्गा किनेर घर उठाए । 

एक्लै काठमाडौं आएका उनले काठमाडौं छिरेको १९ बर्षमा भक्तपुरमा चार तल्ले घर ठडाए, ५ ओटा माइक्रोको साहु बने । उनी आजपनि सम्झन्छन् उनको पाँच माइक्रोमध्ये एक रत्नपार्क जोरपाटी, अर्को रत्नपार्क मूलपानी, अर्को रत्नपार्क कपन, अर्को सातदोबाटो साँखु, र अर्को गोकर्ण देखी कलंकी चल्थ्यो । 
उनले जीवनभर राम्रै राम्रो गर, लडे फेरी उठे, कहिले हार मानेनन् तर उनी जीवनमा एक पटक नराम्रोसँग चुके । 

शंकरदेव क्याम्पसमा क्यानटीन गर्दाकै बखत एक जना महिला साहारा माग्दै क्यानटिमा आईन् । जाने ठाउँ कतै नभएको भनेपछि उनले साहारा दिए । उनी त्यही क्याटिमा काम गर्न थालिन । उनीहरुको चाहादा नचाहाँदै एक किसिमको सम्बन्ध बन्यो । उनकै जवरजस्तीमा मैले सबै कुरा गरे, अन्तिममा परिवन्धमा परेर मेरो उही सँग विवाह भयो, वैवाहिक जीवन पनि राम्रै चलेकै थियो । आफूले जीवनभर जोडेको सबै सम्पत्ती उनले आफ्नी श्रीमतीकै नाममा गराएका थिए।

उनलाई पछि थाहा भयो उनको पहिले गाउँकै एकजना शिक्षकसँग विवाह भएको रहेछ । शिक्षकसँग सम्बन्ध विच्छेद भएपछि उनी एक्लिएर काठमाडौं आएकी रहिछन् । पहिलेको श्रीमान्बाट जन्मिएको छोरा एसएलसी सकेपछि काठमाडौंमा आमासँगै बस्न आए । २०६० सालमा रामबहादुर बुबाकै पनि एक छोरी भएको थियो । 

राम बहादुर बुबालाई यो कुरा चित्त बुझेन । भन्छन्, आफन्त र छर छिमेकले के भन्लान भन्ने डर भयो । कहिलेकाही भेट्न आउनु तर चाँहि घरमा चाही बस्न दिन्न भने ।  यहि कुराले उनको र श्रीमती विचको कलह सुरुवात भयो । उनीहरुवीच पानी बाराबारको अवस्था सृजना भयो ।

श्रीमतीखै मुद्दा खेपेर श्रीमती सँगै बस्न राम बहादुर बुवाको मनले मानेन उनी फेरी विरक्तिएर घर छाडे, यसरी फेरी रामबहादुरको जीवनको दोस्रो पटक कालो बादल लाग्यो । फरक यति नै हो पहिलोपटक उनलाई अरु कसैले नङ्गाएको थियो, यसपटक उनलाई आफ्नैले नङ्गयाउन खोजे । पहिलोपटक लडेपनि उनीसँग फेरी उठ्नसक्ने जवानी थियो, उमेर थियो, उमेरसँगै प्रकृतीले दिएको जोश जाँगर थियो । तर यो पटक उनको शरीरि आँधा शताब्दी पार गरिसकेको थियो, न पहिले जस्तै उत्साह थियो, न त जवानीनै । 

उनी कालीमाटीमा आएर तरकारी बेच्न थाले । श्रीमतीको मुद्धाको तारिक धाउँदै तरकारी बेचेर राम बहादुर आफ्नो निर्भाह चलाईरहेका थिए । झक्तपुर जिल्ला अदालतले राम बहादुरको सम्पति श्रीमती, छोरी र रामबहादुरको तिन भाग लाग्ने फैसाला सुनाए । त्यो फैसाला सुनेर राम बहादुर सम्झन्छन् यो सम्मत ठिकै थियो । 

श्रीमतीले फेरी पुनरावेदन अदालतमा मुद्धा हालिन फेरी उस्तै फैसला आयो । उनको श्रीमती यहाँ मात्र रोकीनन् उनले फेरी सर्वोच्चमा मुद्धा हालीन् । आफू धेरै नपढेको मान्छे सकेसम्म गर्न कोशिस गर्दै थिए गएको मंरिमा खाना खाएर सुतेको बेहोस भएछु ।

कति समय बेहोस भए मलाई नै थाहा छैन । विचमा मेरो अदालतमा काम छ पसल हेर्दे है भनेर कालीमाटीमा साथिलाई भनेको सम्म याद छ, कोटेश्वर आइपुगे भनेको सम्झन्छु तर पछि के के भयो केही थाहाँ छैन । 

यसपटक उनी होसमा आउँदा उनको भक्तपुरको दुधपाटीमा चार आनामा बनेको चार तल्ले पुरै घरजग्गा, चौतारामा भएको घरजग्गा र पुर्खौली जग्गा करिब २८ रोपनीको फाँट खेतसमेत श्रीमतीकौ एकलौटी बनिसकेछ, म सम्पुर्णरुपमा नाङ्गीए । बा भन्छन् काग बढी बाढो भयो भने गु खान्छ भन्छन् सायद यस्तै भयो । उनले के कुरालाई ईंगीत गरेर यसो भने बुझ्न कठिन् भयो । 

अव उनीसँग जवानी रहेन, परिवार र आफन्त रहेन, पुरै जवानी सकेर कमाएको सम्पत्ती रहेन बरु तनाव, चिन्ता, निरासाले यसरी गाँज्यो की उनको मनोबल कमजोर बन्यो । उनी सुगर र प्रेसरको विरामी बने । जीन्दगीलाई यसैपनि अध्यारोले घेरेकै थियो, आँखाले देखेरै पनि उनलाई दुनिँया अन्धकार लाग्थ्यो, अब त उनको दुवै आँखाले पनि धमिलो देख्न थालेको छ ।


व्यापार गर्न नसक्ने भएपछि उनी कोठाभित्रै लामो समय एक्लो जीवन विताउन बाध्य भए । अन्तिममा आफ्नो हेरचाह आफै गर्न नसक्ने भएपछि, कोठाभाडा तिर्न नसक्नेबनेपछि उनी फेरी सडकमा आइपुगे ।

कालिमाटीका उनलाई चिन्नेहरुले उनको संरक्षणको लागि मानवसेवा आश्रमलाई खबर गरे । पिसीआर परिक्षणपश्चात् उनलाई हाल मानवसेवा आश्रम उपसेवा केन्द्र बुढानिलकण्ठ राखिएको छ, जहाँ उनीजस्तै थप अरु ५५ जनाले साहारा लिइरहेका छन् ।