हराएकी दिदीको मिलनमा बहिनीको आँखाबाट आँशु खस्यो.....


हराएकी दिदी मानवसेवा आश्रमको संरक्षणमा छ भन्ने सुनेको एक घण्टा नवित्दै दिदीलाई लिन आश्रम आइपुगिन्, मनोरोगी दिदी भन्छिन् मैले यहाँ खाएको बसेको पैसा माग्न आएको हो ?

 

बहिनीहरुलाई अनौठो लागेन किनभने २३ बर्षदेखी राममाया दुरा मनोरोगी हुनुहुन्थ्यो । मनोरोगी भइसकेपछि धेरै परिवारले आफ्नै आमाबाबा र छोराछोरीलाई समेत वेवास्ता गर्छन । तर राम माया दुरा आमाको परिवारले भने यसो गरेनन् ।

 

परिवारको खोजिको लागि केहीदिन अघि आश्रमले झरना राई दिदीको भिडियो लाईभ गरेको थियो । झरना दिदीको पछाडी राम कुमारी दुरा आमा उभिनुभएको थियो । यहि भिडीयो देखेपछि बहिनी पुष्पा दुराले मानवसेवा आश्रममा सम्पर्क गर्नुभएको थियो ।

 

सम्पर्क भएको एक घण्टा नवित्दै बहिनी पुष्पा दुरा र उहाँको छोरीहरुले आमालाई आफ्नो घर लगेका छन् । २३ बर्षअघि मनोरोगी बन्नुभएकी राममाया दुरा आमाको आठ सन्तान् छन् । गएको भदौमा उनको श्रीमान्को मृत्यु भयो ।

 

आश्रममा रहँदा उनलाई तपाईको नाम के हो भनेर कसैले सोधे आफ्नो श्रीमान्को नाम बताउने उनले श्रीमान्को देहान्त हुँदाको पिडा भने महशुस गर्न सक्नुभएन ।

 

लमजुङ्ग स्थाई घर भएकी राममाया आमालाई श्रीमानको मृत्यु भएपछि उपचारको लागि काठमाडौं ल्याईएको रहेछ ।

मानसिक अस्पताल पाटनबाट दशैको बेला केहीदिनको लागि डिस्चार्ज गरी कपन बहिनीको घर लगेकै बखत उहाँ हराउनुभएको बहिनी पुष्पा दुराले बताउनुभएको छ ।

 

आमालाई महानगरीय प्रहरी कार्यालयले वेवारिसे अवस्थामा फेला पारी मानवसेवा आश्रममा संरक्षणको लागि पठाएको थियो । मानवसेवा आश्रम काठमाडौं शाखा काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालन हुँदै आइरहेको छ ।