अनुष्ठानलाई सफल पार्न काठमाण्डौंमा स्नेहमिलन


मानवसेवा आश्रमको मुख्य कार्यालय मकवानपुर हुेटौंडामा निर्माणाधिन भवनको पुर्णता तथा अक्षयकोष स्थापना हुन लागेको महायज्ञलाई सफल पार्न मानवसेवा आश्रम काठमाण्डौं शाखामा स्नेहमिलन कार्यक्रम सम्पन्न भएको छ । 


करिब २० जना आश्रमको अभिभावकहरुको उपस्थितिमा भएको कार्यक्रमले महायज्ञलाई कसरी सफल बनाउन काठमाण्डौं शाखाले कसरी भुमिका निर्भाह गर्ने भन्ने विषयमा चिन्तन मनन् भएको थियो । 
हरेक शनिवार अनुष्ठान विशेष कार्यक्रम आयोजना गर्ने गरि योजना बनाइएको छ ।


मानवसेवा आश्रम मुख्य कार्यालय मकवानपुर हेटौंडाको भवननिर्माणलाई सम्पन्न गरि गृह प्रवेश गराउन आवश्यक दुई करोड रुपैया र दश करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य आश्रमले लिएको छ । 
भवन निर्माण कार्यको सम्पनतापश्चात् उक्त भवनमा ३०० जना सहयोगापेक्षी मानवहरुले सेवा पाउनेछन् । मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान यही फागुन १३ गतेदेखी २० गतेसम्म मकवानपुर हेटौंडामा हुँदैछ ।