मानवसेवा आश्रमको अक्षयकोषमा एकलाख रुपैया जम्मा गराई आजीवन भोजनसेवा सदस्यता लिन सकिने......


मानवसेवा आश्रमले संस्थाको दिघो विकासको लागि बार्षिक भोजनसेवा सदस्यता आव्वहान गर्ने भएको छ । एक लाखरुपैया संस्थाको अक्षयकोषमा जग्मा गराएपछि आफूले चाहेको दिन हरेक बर्ष भोजनसेवा गराउन सकिने छ, यसको लागि छुट्टै रकम तिर्नुपर्नेछैन ।

 

आफु यस संसारमा आएको खुसीको दिन (जन्मदिन), पितृहरुको पुण्यतिथी वा जन्मजयन्तीको दिन, विवाह बर्षगाँठको दिन वा यस्तै कुनै विशेष दिनको अवसरमा बार्षिक भोजनसेवा सदस्यता लिन सकिनेछ।

प्राप्त सहयोगलाई संस्थाले अक्षयकोषमा राखि त्यसबाट प्राप्त हुने बार्षिक ब्याजबाट बर्षमा एकचोटी भोजनसेवा गराईने मानवसेवा आश्रमका कोषाअध्यक्ष होमनाथ तिमल्सिनाले बताउनुभएको छ । यसरी भोजनसेवा गराउदा हरेकबर्ष आफू स्वयं उपस्थित हुन नसक्ने अवस्था भए संस्थाले बार्षिक क्यालेण्डरमा नै राखि भोजनसेवा गराइदिने व्यवस्था मिलाउने छ ।

 

मानवसेवा आश्रम काठमाडौं शाखाकी अभिभावक मुनाल बस्नेतज्युले काठमाडौं शाखाको पहिलो बार्षिक भोजनसेवा सदस्यता ग्रहण गर्नुभएको छ । उहाँले पितृको स्मृतीमा हरेकबर्ष मानवसेवा आश्रम काठमाडौं शाखामा भोजनसेवा गराउनेगरी बार्षिक भोजनसेवा सदस्यता लिनुभएको हो ।

बार्षिक भोजनसेवा सदस्यता बापत उहाँले संस्थाको अक्षय कोषको लागि एक लाख एक हजार एक सय एघार रुपैया योगदान गर्नुभएको छ । तपाईपनि बार्षिक भोजनसेवा सदस्यता लिन चहानुहुन्छ भने मानवसेवा आश्रमको हटलाईन फोन नं. ९८५५०७६००१ देखी ९८५५०७६०१५ सम्मका सम्पर्क नं.हरुमा सम्पर्क गरी भोजनसेवाको दिन बुकिङ गराउन सक्नुहुनेछ ।