चरम गरिविको कारण उपचार गराउन नसकि बाँधेर राखिएको कालिकोटका मनोरोगी युवाको उद्धार


छ बर्षदेखी सांलोमा बाधिएका युवाको मानवसेवा आश्रमले उद्दार गरेको छ । आश्रमका सहयोगी कालीकोटका वकील बम र सुरखेतका हरी विष्टको सहयोगमा छ बर्षदेखी दाम्लो र साङ्लेबा बाधिँएर राखिएको २५ बर्षिय मनोरोगी युवाको उद्धार गरिएको हो ।

.....

बुबा सानैमा  वितेको र पछि आमाको पनि आँखाको ज्योति गुमेपछि मनोरोगी २५ बर्षीय पदम सुनार ६ बर्षदेखी साङ्लोले बाँधिएर पशुतुल्य जीवन विताउन विवश भएका थिए । आर्थीक अभाव र चरम गरीविको कारण आफ्नै दाईलाई कहिले साङ्लो र कहिले फलामको सिक्रिले बाधेर राख्न बाध्य भएको २३ बर्षीय भाई प्रेम सुनारले बताए । 

.....

पदमलाई कोरोना परिक्षण पश्चात् करिब दुई दिन लगाएर कालिकोटबाट मानवसेवा आश्रम सुरखेतमा ल्याईएको थियो । आश्रममा ल्याईसकेपश्चात् भने उनको अवस्था त्यति जटिल नरहेको र आजबाटै उपचार सुरु भएकोले सामान्य अवस्थामा फर्किसकेपछि पुन परिवारकै जिम्मा लगाईने मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजक सृजना ओलीले बताउनुभएको छ । 

.....

हाल देशको सातै प्रदेशमा सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) मानवहरुको उद्धार, उपचार, संरक्षण, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा मानवसेवा आश्रम समर्पित छ । आश्रमको संरक्षणमा हाल ११ सय बढी सहयोगापेक्षी बेसहारा मानवहरु रहेका छन् ।