मानवसेवा आश्रम ललितपुर शाखामा ७४ जनाको स्वाब संकलन



मानवसेवा आश्रम ललितपुर शाखामा सेवा लिइरहनुभएका  लक्ष्मीनारायणहरुको कोरोना परिक्षणको लागि स्वाब संकलन भएको छ । केही दिन अघि मानवसेवा आश्रम ललितपुर शाखाकी संयोजक रश्मी आचार्य र स्वास्थ्यकर्मी जीवन बहादुर शाहीमा कोरोना संक्रमण देखिएपछि आज आश्रमको सम्पुर्ण लक्ष्मीनाराण तथा स्वयंसेवकहरुको स्वाब संकलन गरिएको हो । 

****

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख श्री खगेश्वर गेलालज्युको नेतृत्वमा मानवसेवा आश्रम ललितपुर शाखामा आउनुभएको समूहले समूहले आश्रममा आश्रित लक्ष्मीनारायणहरु, स्वयंसेवकहरु तथा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्टयाक ट्रेसिङ गरी जम्मा ७४ जनाको स्वाब संकलन गरेको हो । 

****
स्वाब संकलन कार्यमा ललितपुर स्वास्थ्य कार्यालयका ईन्दीरा भण्डारीज्यु, हरीकला थापाज्यु, उपेन्द्र अर्यालज्यु लगाएको उपस्थिती रहेको थियो । आजनै ललितपुर स्वास्थ्य आयुर्वेद कार्यालयबाट आश्रममा आश्रितहरुको रोग प्रतिरोधात्मक क्षमता बृद्ध गर्ने औषधी समेत हस्तान्तरण गर्नुभएको छ ।

****

आयुर्वेदीक औषधी ललितपुर जिल्ला आयुर्वेद स्वास्थ कार्यालयका ईश्वरी ढकालज्युले हस्तान्तरण गर्नुभएको हो । मानवसेवा आश्रम भक्तपुर शाखामा पनि सह संयोजक उर्विन सापकोटालाई कोरोना संक्रमण देखिएपछि निजको सम्पर्कमा रहेका ४ जना अभियान्ता तथा लक्ष्मीनारायणहरुको स्वाब परिक्षण गरिएको थियो । 

मानवसेवा आश्रम भक्तपुर शाखाको संक्रमितको सम्पर्कमा रहेका ४ जनाकै नतिजा नेगेटिभ आएको छ। संक्रमणमा रहेका मानवसेवा आश्रम ललितपुर  जिल्लाकी जिल्ला संयोजक रश्मी आचार्य, स्वास्थ्य सहायक जीवन शाही र भक्तपुर शाखाका सहसंयोजक उर्विन सापकोटाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने हाल उहाँहरु आइसोलेसनमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुभएको छ । 

****

मानवसेवा आश्रम सामाखुशी र बुढानिलकण्ठको स्वाब परिक्षणको लागि तयारी भइरहेको छ ।