मृत्युसँग लडिरहेका ७५ बर्षिय बृद्धबुबाको उद्धार


 


किर्तिपुर नगरपालिका–४, भत्केपाटीमा बाँसको अस्थाई छाप्रोभित्र मृत्युसँग लडिरहेका ७६ बर्षिय बाबुलाल चित्रकार नाम बताउने बृद्ध  मानवसेवा आश्रमले उद्धार गरेको हो ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद अन्तरर्गत रहेको जनगुनासो ईकाईले अशक्त बृद्ध बुबाको अद्धारको लागि अनुरोध गरेपछि मानवसेवा आश्रमले कृर्तिपुर नगरपालिकाकासँगको समन्वयमा आज उद्धार गरेको हो ।

 


उद्धारको टोलि अशक्त बुबा भएको ठाउँमा पुग्दा अवस्था अत्यन्त कारुणीक एवं कहालीलाग्दो रहेको थियो । 

आँखाभरी चिप्रा, पुरै फोहोर र महिलोले कालो भएको कपडा, कयौं दिनदेखी कपडामै भएको मलमूत्रसँगै अर्धबेहोस अवस्थामा पुरै चिसोले ओसीएको छाप्रोको चिसो भुईमा बृद्ध अशक्त बुबा लिडिरहनुभएको थियो । उद्धार टोलिले उनलाई त्याहाँ पुगेपछि छाप्रोभित्रै रहेको म्याट्रसमा सारेको थियो ।

बृद्ध बुबाको हात, डाँड र खुट्टामा समेत आलो घाँउ देखिन्थ्यो । बेहोस अवस्थामा रहेका बृद्ध बुबालाई तत्काल उपचारको आवश्यकता रहेकोले हाल किर्तिपुर अस्पतालमा राखिएको छ। 

 


उपचार पश्चात् उनलाई मानवसेवामा राखिने छ । हाल आश्रमका स्वयंसेवक रामकृष्ण श्रेष्ठले बुबाको रेखदेख गरिरहनुभएको छ । करिब ७ महिना अघि त्यहि छाप्रोमै श्रीमतीको मृत्यु भएको र निज बृद्ध बुबाको अन्य परिवारको सदस्यहरु र आफन्ताबारे केही जानकारी नरहेको स्थानियहरुले बताउनुभएको छ । 

 


किर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती रिजाल खड्काज्युले उद्धारको क्रममा बुबाको उपचारको लागि लाग्ने सम्पुर्ण खर्च किर्तिपुर नगरपालिकाले बेहोर्ने बताउनुभएको छ । साथै उहाँले कृर्तिपुर नगरपालिकाभित्र देखीने सहयोगापेक्षी बेसहारा सडकआश्रित मानवहरुको व्यवस्थापनको लागि कृर्तिपुर नगरपालिका र मानवसेवा आश्रमबीच संस्थागत सहकार्यको लागि सम्झौता गरेर अघि बढ्न किर्तिपुर नगरपालिका ईच्छुक रहेको समेत बताउनुभएको छ । 


उद्धार कार्यमा मानवसेवा आश्रमका अभिभावक अनिता लामाज्यू, कृतिपुर नगरपालिकाका उपप्रमुख सरस्वती रिजालज्यु, मानवसेवा आश्रमका केन्द्रीय सचिव सुमन बर्तौलाज्यु, किर्तिपुर नगरपालिका ४ नं. वडा कार्यालयका वडा अध्यक्ष राजेन्द्र बानियाँज्यु, स्थानिय भद्रभलाद्मी, समाजसेवीहरको विशेष उपस्थिती रहेको थियो । 

त्रिभुवन विश्वविद्यालयका कर्मचारी नोदनाथ त्रित्रालज्युले अशक्त बृद्धको उद्धारको लागि सामाजिक सञ्जालमार्फत सम्बन्धित सरोकारवाला निकायहरुमा आव्वहान गर्नुभएको थियो । 

 

 

हाल देशको सातै प्रदेशमा विभिन्न १४ वटा केन्द्रहरुमार्फत मानवसेवा आश्रम कसैको पनि संरक्षण नपाएको स्वयं आफ्नो लागि केही गर्न नसक्ने अवस्थामा रहेका सहयोगापेक्षी सडकमानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको कार्यहरु गराउँदै आइरहेको छ । मानवसेवा आश्रम काठमाडौं शाखा काठमाडौं महानगरपालिकाको सहकार्य र जनमन संकलन अभियानबाट संचालन हुँदै आइरहेको छ । 


मानवसेवा आश्रमलाई नगद रु २० हजार सहयोग गर्नुहुँदै स्थानिय समाजसेवी