अर्धनग्न अवस्थामा भेट्टाई, बोराको कपडा बनाएर सुर्खेतमा एक सहयोगापेक्षीको उद्दार


सबेरै सबैको पसल अगाडी पुग्ने पैसा माग्ने, रिक्सा चलाउने, भारी बोकेर पैसाको ब्यबस्था गर्ने अनि त्यही पैसाले दिनभरीको थकान मेट्नको लागि रक्सि किनेर खाने एकजना बुबालाई सुर्खेतको कृषि बजारबाट उद्दार गरि मानवसेवा आश्रम सुर्खेत शाखामा ल्याइएको छ ।

सधै पसल अगाडी पैसा मागिरहेको वा केहि काम गरेर पैसाको जोहो गरिरहेको देखिने व्यक्ति एकाबिहानै कृषि बजारको सडकमा अर्धनग्न अवस्थामा अत्यन्तै कष्टपूर्ण अवस्थामा रहेपछि सबैको लागि पहिलेको भन्दा अझ बढी केन्द्र बन्नुभयो । मानवसेवा आश्रमका शुभेच्छुक, अभिभावकज्यूहरुले त्यस्तो अवस्थामा सहयोगापेक्षी अवस्थाको मानिस देखेपछी आश्रम परिवार अवस्था अवलोकनको लागि जब त्यहाँ पुग्यौं अवस्था अत्यन्तै कारुणिक थियो । साँझ ६ बजे जानकारी प्राप्त भएपछी आश्रमको टिम पुग्दा प्रहरी पहिले नै पुग्नुभएको थियो ।

सबैको संयुक्त प्रयासमा अर्धनग्न अवस्थामा भेटिनुभएका उहाँलाई बोरा च्याती कपडा बनाई शरीर छोपेर अस्पतालसम्म लगेर सामान्य उपचार गरायौं तर उहाँलाई अस्पतालमा राख्दै गर्दा अन्य व्यक्तिहरुमा समेत असर पर्न सक्ने अनुमान गरि आश्रममा नै आवश्यक थप उपचार गर्नेगरि राति १० बजे आश्रममा नै ल्याइएको छ ।

आश्रममा ल्याएको अर्को दिन उहाँको नुवाई, धुवाई सरसफाई पश्चात धेरै नै परिवर्तन आएको छ । हामि उहाँको परिवारको पनि खोजि गरिरहेका छौं तर अहिलेसम्म सम्पर्क हुन सकेको छैन । सम्पर्क गर्ने व्यक्तिहरु भेटिनुभयो भने ९८५५०७६००६, ९८४३३४७६२४ वा ९८४३३४७६२५ मा सम्पर्क गर्नुभई मानवीय सेवामा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।