बिना अपराध परिवारमै कैदी बनेका उमाकान्तको फेरीएको जीवनः पशुतुल्य जीवनबाट उन्मुक्ति


हामीलाई कसैले ५ दिनसम्म कोठाभित्र थुनेर राखिदियो भने कस्तो होला ? एकदिनभर कसैले डोरीले बाँधेर राखे हामी के के गरौंला ?
 

गाईवस्तु राख्न बनाईने गोठभन्दापनि कमजोर अस्थाई छाप्रोमा उमाकान्त चौधरीले फलामे साङ्गोले बाधिएरै १३ बर्ष विताए । जनावरको समेत स्वतन्त्र पुर्वक बाँच्न पाउने अधिकारका कुरा संसारभर बहसको विषय बनिरहेको एक्काइसौं शताव्दीमा उमाकान्त चौधरीले भने यस्तो काहालीलाग्दो जीवन व्यतित् गर्न परेको थियो । 


साङलालाई बेरेर ताल्चा लगाइएको थियो। बर्षैदेखी नखोलेको साङ्लाले हातमा घाउँ बनाएर गढेको थियो। अझ कहालीलाग्दो कुरा त के भने, पछि पलाएको मासु साङ्लामै जेलिएको थियो । 


 

१३ बर्ष पुरानो ताल्चा त फोहर र खियाँले खुलेन, साङल काटियो र पनि उमाकान्तको हातबाट साङ्ला निकाल्न सकिएन । साङला मासुसँगै जेलिएकोले थियो । साङ्ला काट्दापनि शरिरबाट छुट्टयाउन नसकीएपछि अन्ततः अस्पतालमै लगि सल्यक्रिया गरी उनलाई १३ बर्ष पछि साङ्लोमुक्त बनाउन सम्भव भएको थियो । 


३३ बर्षदेखी ४५ बर्षको हुँदा सम्म उनलाई यसरी फलामे साङ्लाले बाँधेर कष्टपुर्ण कैदी जीवन जीउन नै बाध्य बनाईयो । उनको यो कैदी जीवन कुनै अपराध गरेर कैदी बनेकाहरुको भन्दा कयौं गुणा बढी कष्टपुर्ण थियो । मात्र फरक यति रहयो, अपराधिलाई राज्यले कैदी बनाउँछ, उमाकान्तलाई परिवारले नै कैदी बनायो । 


३३ देखी ४५ बर्षको उमेरमा एकजना सामान्य व्यपारी करोडौंपति बन्न सक्छ, सामान्य कलाकार स्टार बन्न सक्छ । एक जना राजनितिज्ञले चाहे १३ बर्षमा राज्य व्यवस्था नै परिवर्तन गराउन सक्छ। जीवनको यस प्रकारको उर्वर समयमा उमाकान्त चौधरी भने साङ्लामा बाँधिएरै पशुतुल्य जीवन विताउन विवश बने । 


पशुलाई समेत समय समयमा साङ््लो मुक्त बनाईन्छ, तर उमाकान्तले यस्तो अवसर समेत कहिलै पाएनन् । कयौं मान्छे मार्ने अपराधिलाई पनि यो किसिमको सजाय तोकीदैन तर विना अपराध मनोरोगी बनेका उमाकान्तले उपचारको साटो यो सब भोग्नुप¥यो । 


 

उमाकान्तको जीवनमा खाना खाने भान्सा र दिशापिसा गर्ने शौचालयवीचको कुनै भेद थिएन । युवाहरुले देश विदेशको यात्रा गर्ने यो समय उनी भने बसेको ठाउँबाट उठ्न समेत नसक्नेगरी बाँधिएका थिए । 


उनले कुनै अपराध गरेका थिएनन् । तरपनि उनी परिवारभित्रै कैदि जीवन विताउन बाध्य भए कारण उनी मनोरोगी थिए । समयमै उपचार पाएका भए उमाकान्तले १३÷१३ बर्ष नारकिय जीवन विताउन पर्ने थिएन । आफ्नै घर अघि छाप्रो बनाएर साङ्लोले आफ्नै श्रीमान्लाई बाँधेर राख्ने रहर पनि उमाकान्तको श्रीमतीमा पक्कै थिइनन् । 


यदि श्रीमती गलत नै हुन्थिन् भने श्रीमान्लाई साङ्लोले बाँधेर उनीबाटै जन्मिएका छोराछारीलाई स्याहारेर पक्कै बस्दैनथिन् । बरु उनले सकेको गरेकी थिइन्। बाँधेरै भनेपनि विहान बेलुका कम्तिमा दाल भात खुवाईन । तीन छोरीलाई हुर्काईन्, बढाइन्,विवाहवारी गराईन्। सासु ससुरालाई खुशी बनाईन्। यति सबै गर्दा गर्दैपनि उपचार गराउने सामथ्र्य भएन, उपचार गरेपछि निको हुन्छ भन्ने कुराको ज्ञान नै भएन त्यसैले आफ्नै श्रीमान्लाई बाँधेर राख्न उनी विवश भईन् । 


 

उमाकान्त श्रीमती र छोराछोरीलाई मार्न पनि तयार हुन्थे, उतिबेला बुहारीलाई टाउकोमै खुर्पाले हानेपछि बुबालाई बाँधेर राख्न बाँध्य भएको उमाकान्तको छोरी बताउँछिन् ।  
तर अहिले अवस्था फेरीएको छ। उमाकान्त साङलो मुक्त बनेका छन् । अब उनी पहिले जस्तो मारपिटमा उर्तिदैनन् बरु सकेको काम गर्न तम्सिन्छन् । २ बर्ष अघि साङ्लोमुक्त गराएर मानवसेवा आश्रममा उमाकान्त दाईलाई ल्याईएको थियो । अब उनी परिवार फिर्ता हुन चाहिरहेका छन् । परिवार उनलाई घर लैजान आतुर बनेको छ । 


 

१३ बर्षमा कयौंपटक राज्यव्यवस्था परिवर्तन हुँदापनि उमाकान्त जस्ता सहयोगापेक्षीले राज्य भएको अनुभूति गर्न पाएनन् । उमाकान्त जस्ताको उद्धार र संरक्षण राज्यको नीतिमै पर्न सकेन । तर अब अवस्था फेरीएको छ । सरकारले सहयोगापेक्षी अभिभावकविहीनहरुको अभिभावकत्व लिने उद्घोष गरेको छ। देशलाई नै सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने नीति अघि सारेको छ । मानवसेवा आश्रम विगत ८ बर्षदेखी नै यसैको लागि  समर्पित बनेको छ । 


उमाकान्त चौधरी जस्तै कयौं उद्धारको पर्खाइमा रहेका सहयोगापेक्षीहरुको यथासिघ्र उद्धार गर्ने प्रतिवद्धता सहित उमाकान्त दाईको आगामी जीवनको लागि हार्दिक शुभभावना....