वेसहाराको अभिभावकत्व लिन्छौं, मेयर चिरीबाबु महर्जन



खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरुको व्यवस्थापनको लागि मानवसेवा आश्रमले ललितपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनको मातृत्वमा सञ्चालित आश्रम र ललितपुर महानगरपालिकाले बुधबार ललितपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । 


कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरी बहादुर महर्जन, उपमेयर गीता सत्याल, प्रमुख जिल्ला अधिकारी, महानगरपालिका भित्रका वडा अध्यक्षहरु लमहानगरीय प्रहरी परिषरका प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा बोल्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताले तिरेको करबाट सञ्चालन हुने सरकारले जीवन नै जोखिममा परेका मानवहरुको समेत संरक्षण गर्न सकेन भने पाप लाग्ने भन्दै सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापनका लागि आफु अत्यन्त जिम्मेवार रहेको बताउनु भएको छ । 

सामाजिक कार्यमा महानगर अरुभन्दा एक कदम अघि बढ्न चाहेको बताउदै उपत्यका भित्र रहेका सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापनमा समेत आफुले सकेको योगदान पु¥याउने बताउनु भएको छ । 
संस्थाका उपाध्यक्ष धर्म प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनका प्रमुख संस्थापक डा. गोविन्द टण्डनले गर्नुभएको थियो । उहाँ मानवसेवा आश्रमको प्रमुख संरक्षक समेत हुनुहुन्छ ।