सहयोगापेक्षी सडकमानवहरुमा पनि देखिन थाल्यो कोरोना, उद्दार गरिएका आमाछोरा दुवैमा कोरोना पोजेटिभ


दुईदिन अघि कालिमाटी क्षेत्रबाट उद्दार गरिएकी एक महिला र उहाँको छोरामा कोरोनाको PCR परिक्षण नतिजा पोजेटिभ आएको छ । काखमा रहेको दुई बर्षिय बालकलाई सहित अर्धबैंशे आमालाई उद्दार गरि मानवसेवा आश्रम रुद्रेश्वर, बुढानिलकण्ठ आश्रममा ल्याइएको थियो ।

आमा र छोरालाई नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव दिएर आश्रमको बिशेष कक्ष क्वारेन्टाईनमा राखिएको थियो । आमाको कोरोना परिक्षणको रिपोर्ट पोजेटीभ आएको छ । हाल आमाछोरा नै मानवसेवा आश्रमकै आइसोलेसनमा हुनुहुन्छ । छोराको रिपोर्ट आउन बाँकी रहेको छ ।

सडकमानवहरुमै कारोना देखिन थालेपनि उनीहरुको व्यवस्थापन कठिन बन्दै गइरहेको छ । साथमा आश्रममा रहनुभएका कमजोर प्रतिरक्षा क्षमता हुनुभएका आश्रममा नै आश्रित आमाबुबा तथा नानिबाबुहरुमा जोखिम बढेको छ । साथमा सेवामा अविचलित भई, समर्पित भई निरन्तर लागिरहनुभएका मानवसेवी अभियान्ताहरुमा समेत जोखिमको सम्भावना अत्याधिक रहेको छ । अभियन्ताहरुले गर्नुभएको सेवा प्रति सादर नमन्।