मानवसेवा आश्रमका १४ संक्रमितले जिते कोरोनालाई



मनवसेवा आश्रमका १४ संक्रमितले कोरोनालाई परास्त गरेका छन् । मानवसेवा आश्रम भक्तपुरका १ जना, ललितपुरको ११ जना र सामाखुशीका १ जनालाई कोरोना संक्रमण देखिएको थियो। 

१३ संक्रमितलाई मानवसेवा आश्रमले छुट्टै घर भाडामा लिई आइसोलेसनमा राखेको थियो भने आश्रमका पहिलो संक्रमितलाई पाटन अस्पतालमा भर्ना गरी राखिएको थियो । 
भक्तपुर शाखाका सह संयोजक उर्विन सापकोटा, ललिपुर शाखाकी संयोजक रश्मी आचार्य सहित ७ जना लक्ष्मीनारायण (आश्रित) र ७ जना अभियान्ता तथा स्वयंसेवकहरुमा कोरोना देखिएको थियो । 


१४ जना मध्ये उर्विन सापकोटा बाहेक कसैमा पनि लक्ष्यण भने देखिएन । संक्रमितहरुलाई आइसोलेसनमा राखेको पनि १५ दिन कटिसकेको छ । पाटन अस्पतालमा भर्ना हुनुभएका उर्विन र आश्रमकै आइसोलेसनमा रहनुभएकी ललितपुर जिल्ला संयोजक रश्मि आचार्य नियमित सेवामा फर्किसक्नुभएको छ । 


भक्तपुरमा एक जनालाई कोरोना पुष्टि भएपछि निजको सबैभन्दा नजिक रहेका अन्य चारजानामा कोरोना परिक्षण गर्दा चारै जानाको रिपोर्ट नेगेटिभ आएको थियो । संक्रमितलाई स्कुटरमा राखेर अस्पतालमा पुर्याएका र संक्रमितको जुठो समेत खाएका अर्का अभियान्तामा समेत कोरोना नदेखिएको मानवसेवा आश्रम भक्तपुरमा सेवारत साधक विक्रम क्षेत्रीले बताए । 


उता ललितपुरमा पनि दुईजनामा कोरोना देखिएपछि सम्पुर्ण आश्रित र सम्पर्कमा रहेकाहरुको कोरोना परिक्षण गरिएको थियो । परिक्षणमा ६ आश्रित सहित ५ जना अभियान्ता तथा साधकसाधिकामा संक्रमण देखिएको थियो । संक्रमितले नै सेवा गरेका कयौं आश्रितहरुमा समेत कोरोना देखिएन । 


मानवसेवा आश्रम ललितपुर शाखाकी संयोजक रश्मी आचार्य र मानवसेवा आश्रमका उपाअध्यक्ष धर्म प्रसाद पौडेल श्रीमान् श्रीमती हुनुहुन्छ । उहाँहरु दुवैजना मानवसेवा आश्रम ललितपुर शाखामा सेवारत हुनुहुन्छ । २४ सै घण्टा सँगै सेवामा रहने श्रीमान् श्रीमतिमा पनि श्रीमतीलाई कोरोना हुँदा श्रीमतिलाई कोरोना देखिएन । 


सामाखुशी साखामा एक ४५ बर्षिय लक्ष्मीमा कोरोना देखियो । उनको कोठामा सँगै राखिएको अरु ३ जना सहित उहाँलाई आइसोलेसनमा सारीयो । तर सामाखुशीमा पनि संक्रमितसँगै बसेका, संक्रमितले नै लुगा कपाडा नियमित लगाईदिने गरेका अन्य दुई जना आश्रितहरुलाई भने कोरोना देखिन । 
 

आफू संक्रमित भएकै थाहा पाएनन् आश्रितहरुले, आश्रमकै अभियान्ता संक्रमितको सेवामा 


 

आश्रित लक्ष्मीनारायणहरुले भने सामान्य लक्ष्मयणपनि नदेखिएपछि आफू संक्रमित भएकै थाहा पाएनन् । केहीमा सामान्य ज्वोरो  देखिएको भएपनि सामान्यरुपमै ज्वोरो टरेको थियो । 

संक्रमितहरुलाई राखिएको आइसोलेसन सेन्टरमा मानवसेवा आश्रम काठमाडौं शाखाका सह संयोजक आनन्द भण्डारी, उद्धार सेवाको कर्तव्य निर्भाह गरिरहेका साधक रामकृष्ण श्रेष्ठ, साधक पदम पेमी मगर र सुनिलि थिङ रहेका थिए । उनीहरुको पनि  परिक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । 

पहिलोपटक कोरोना देखिएको पनि २० दिन बढी भइसकेको छ । कोरोना देखिएकाहरुको रिपोर्ट नेगेटिभ देखिएको छ भने नयाँमा कुनै लक्ष्यण देखिएको छैन । मानवसेवा आश्रम सामाखुशी पनि एक जनालाई कोरोना देखिएपछि करिब ८ दिन पछि सबै आश्रित र सेवामा समर्पितहरुको कोरोना परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्ये सम्पुर्ण ६० जनाकै परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । 


सोचेजस्तो काहालिलाग्दो रैनछ कोरोना 
संक्रमितको सेवामा रहेका आनन्द भण्डारीको कोरोना हल्ला गरिएजस्तो अत्तिनुपर्ने नरहेको बताउछन् । मनोबल उच्च हुने र थोरैमात्रपनि सजग हुने हो भने कोरोना सरिनहाल्ने र सरेका मध्ये पनि धेरैलाई लक्ष्यण नै नदेखिएको उनको अनुभव रहेको छ । 


केही  दिन अघि कालिमाटी क्षेत्रबाट उद्धार गरिएको आमा छोरा भने हाल संक्रमित नै छन् । उनीहरुलाई मानवसेवा आश्रमकै आइसोलेसनमा राखिएको छ । 
यस माहामारीको अवस्थामा कोरोनासँग लड्न सहयोग गर्ने स्वास्थ्य सेवा विभाग टेकु, प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंला, स्वास्थ्य कार्यालय ललितपुर लगाएत सम्पुर्ण सहयोगी मनहरुप्रति विशेष आभार।