गोरखा : आमा र बुबा दुवैले गरे अर्को बिहे, दाईको उद्दार गरेको १० दिनमा भाईको पनि उद्दार


भाद्र २९, २०७७ । २०७७ साल भाद्र १७ गते एकजना बालकको उद्दार गरिएको थियो । उनै बालकका अलपत्र भाई सोही गोरखा नगरपालिका वडा नं. १० छेपेटारबाट आमोस लामाको उद्दार गरि मानवसेवा आश्रम गोरखा शाखाको संरक्षणमा राखिएको छ ।

आमा र बुबा दुवैले अर्कैसँग बिबाह गरेर सानै उमेरमा आफ्नो आमाबुबाले छोडेर बेवारिसे बनाई अन्यत्र गएको र दुई बर्ष बितिसक्दा पनि कोहि सम्पर्कमा नआए पछि बेवारिसे बनेका दुई सन्तान मध्य एक ७ बर्षिय बालक छेपेटार बजारमा डुलेर अरुको भरमा मागेर आफ्नो पेट पाल्दै आएको र अर्को कान्छो ५ बर्षिय भाइ छिमेकीको घरमा बस्दै आएका थिए । तर उनि बस्दै आएको छिमेकी घरको आर्थिक अवस्था अति नाजुक भएको कारण पालनपोषण गरि आफू संगै राख्न नसक्ने भनी खबर थाहा पाएपछी उद्दार गरिएको हो ।

पछिल्लो २ बर्षमा परिवारको कोहीपनि सम्पर्कमा नआएपछि दुवैजनालाई गो.न.पा- १० का वडा अध्यक्ष देवी बहादुर बस्नेतज्युको सहयोगमा उद्दार गरि मानवसेवा आश्रममा ल्याइएको छ ।

उद्वारमा संलग्न साक्षीहरु १० नम्बर वडा अध्यक्षज्यु ,पत्रकार महासंघ गोरखा अध्यक्ष किशोरजंग थापाज्यू, गो.न.पा-१० निवासी सम्झना कुवर बस्नेतज्यु र रबि मानसिङ बस्नेतज्युको उपस्थितिमा बाबुलाई संरक्षणका लागि आश्रममा राखिएको छन् । मानवीय सेवामा सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगी मनहरुप्रती धेरै धेरै साधुवाद ।

जय मानवसेवा ! जय मानवता !!