वर्ल्डलिंक २५ औं वार्षिकोत्सव: मानवसेवा आश्रममा आश्रित सम्पूर्णलाई जाडोको कपडा, नि:शुल्क इन्टरनेट निरन्तरता


वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले मानवसेवा आश्रममा आश्रित सम्पूर्ण लक्ष्मीनारायण तथा बालगोपालहरुको लागि आउन लागेको जाडोको समयमा आवश्यक पर्ने लत्ताकपडा सहयोग गर्ने भएको छ। मानवसेवा आश्रमको सात प्रदेशको १४ जिल्लाहरुमा २० वटासेवाकेन्द्रहरुमा गरि १०५५ जना सडकपेटी एवं सार्वजनिक स्थलहरुबाट उद्दार गरिएका सहयोगापेक्षी सडकआश्रित मानवहरु आश्रित हुनुहुन्छ।  

वर्ल्डलिंकले सेप्टम्बर १५ तारिखको दिन आफ्नो २५ औं वार्षिकोत्सव अवसरमा जुमको माध्यमबाट भर्चुअल रुपमा आयोजना गरिएको कार्यक्रममा बिशेष सम्बोधन गर्दै वर्ल्डलिंकका निर्देशक विजय जलानज्यूले उक्त सहयोगबारे बताउनुभएको हो। 

नाफा, घाटाको रुपमा संचालित संस्था भएपनि समाजलाई योगदान दिनुपर्ने कर्तव्यबोधलाई महसुस गर्दै सुरुवाती अवस्थाबाट नै  सामाजिक सेवामा योगदान गर्दै आइरहेको समरण गर्दै आगामी दिनमा समेत सामाजिक क्षेत्रका सहयोगलाई निरन्तरता दिने घोषणा गर्नुभयो। 

उहाँले मानवसेवा आश्रमको भक्तपुर जिल्ला कौशलटार सेवाकेन्द्रको सेवा सुरुवातको लागि आवश्यक सामग्री एवं ब्यबस्थापनको लागि रु १० लाख सहयोगको स्मरण गर्दै आगामी दिनमा समेत  सहयोगलाई निरन्तरता दिने प्रतिबद्दता ब्यक्त गर्नुभयो। कोरोनाको कहरले निम्त्याएको लकडाउनको समयमा मानवसेवा आश्रमले सडकमा नै गई दैनिक ४०० जनालाई बिहान र बेलुका गराईरहेको भोजनसेवामा वर्ल्डलिंककै नेतृत्वमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको संस्थाको तर्फबाट रु २ लाख सहयोग प्राप्त भएको थियो। 

नि:शुल्क इन्टरनेटलाई निरन्तरता

मानवसेवा आश्रमको देशभरि रहेका १४ जिल्लाका २० वटा सेवाकेन्द्रहरुमा केही समय देखी नेपालकै सबैभन्दा ठुलो, विश्वसनीय एवं सबैभन्दा धेरै क्षेत्रमा सेवा बिस्तार भएको वर्ल्डलिंकले नि:शुल्क रुपमा तिब्रगतिको इन्टरनेटसेवा प्रदान गर्दै आइरहेको छ।  साथै आगामी दिनमा पनि यस सहयोगलाई निरन्तरता दिने जनाएको छ। 

यस मानविय सेवामा साथ, सहयोग एवं अभिभावकत्व प्रदान गर्नुहुने वर्ल्डलिंकका अध्यक्ष परोपकारी एवं मानवीय भावनाले ओतप्रोत आदरणीय दिलिप अग्रवालज्यु, निर्देशक विजय जलानज्यु, निर्देशक मनोज अग्रवालज्यु लगाएत सम्पुर्ण सहयोगी मनहरुप्रति विशेष आभार प्रकट गर्दै संस्थाको उन्नति प्रगतिको लागि भगवान सँग धेरैधेरै प्रार्थना।