आजिवन हरेकबर्ष दुई छाक भोजन गराउन अक्षयकोषमा योगदान


आजिवन दुई हरेकबर्ष दुई छाक भोजन गराउन अक्षयकोषमा योगदान 
विशेष आभार, मानवसेवा आश्रमका अभिभावक वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायज्यु र श्रीमती प्रमिता घिमिरेज्युलाई । 

बानेश्वर हाईट काठमाडौं निवासी मानवताप्रेमी वरिष्ठ मानसिकरोग विषेशज्ञ डा. कपिलदेव उपाध्यायज्यु र प्रमिता उपाध्यायज्युले मानवसेवा आश्रमका लक्ष्मीनारायणहरुको बार्षिक भोजनसेवा सदस्यता ग्रहण गर्नुभएको छ ।

मानवसेवा आश्रमको अक्षयकोष स्थापनार्थ सुभारम्भ बार्षिक भोजनसेवा सदस्यता आव्वाहन गरेको थियो । आजीवन बार्षिक भोजनसेवा सदस्यता ग्रहण गरिसकेपछि मानवसेवा आश्रमले हरेकबर्ष कम्तिमा ५० जनालाई भोजन गराउनेछ छ । एक पटक यस सदस्यता लिईसकेपछि हरेकबर्ष हुने भोजनसेवाको लागि अतिरिक्त रकम तिर्नुपर्ने हुँदैन। 

आश्रमका अभिभावक डा. कपिलदेव उपाध्यायज्यु र प्रमिता उपाध्ययज्युले एक एक भोजनसेवा उपलब्ध गराई मानवीय सेवाको कार्यमा पुर्याउनुभएको योगदानप्रति विशेष आभार । सादर नमन् । 


सदैव हाँसेर दिन पुगोसे् ! रमेर जीउन पुगोस् !