Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

माननीय अर्थमन्त्री डा. युवरारज खतिवडाज्यूद्वारा मानवसेवा आश्रमको अवलोकन


नेपाल सरकारका अर्थ मन्त्री युवराज खतिवडाज्यूले मानवसेवा आश्रको अवलोकन भ्रमण गर्नुभएको छ । उहाँले आश्रमको अवलोकन भ्रमणसँगै आश्रममा सेवा लिइरहेका आमाबुबाहरुको लागि भोजन समेत वितरण गर्नुभएको थियो ।
माननीय मन्त्री खतिवडालाई मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनज्यूले आश्रममा स्वागत गर्नुभएको थियो । आश्रमको अवलोकन भ्रमणपश्चात् मन्त्री खतिवडाले सरकार तपाईहरुको साथमा रहने भन्दै आश्रमको प्रशंसा गर्नुभएको थियो । 
करिब ३० मिनेट लामो आश्रम बसाईको क्रममा उहाँले आश्रमको अथार्थ अवस्था, संचालनको स्रोतहरु लगायत, सरकारको भुमिका लगाएत विभिन्न विषयमा जानकारी लिनुभएको थियो ।