मेरीबास्सैका बल्छिध्रुबे जन्मदिन मनाउन मानवसेवा आश्रममा


नेपाली हास्य ब्याग्यको क्षेत्रमा पछिल्लो समय जमिरहेको मेरी बस्सैका बल्छी ध्रुबे (मरिचमान श्रेष्ठ) ले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गर्नुभएको छ । 
श्रीमती, दाई भाउजु र केही साथिहरुको साथमा मानवसेवा आश्रम सामाखुशी आउनुभएका उहाँले जन्मदिनको अवसरमा आश्रमलाई ३५,००० रुपैया सहयोग गर्नुभएको हो । 

सहयोग हस्तान्तरण पश्चात् उहाँले आश्रममा सेवा लिइरहेको लक्ष्मीनारायणहरुको लागि भोजन गराउनु भएको थियो । 

बर्षदिनभरी आफ्नो लागि मेहनत गरिन्छ । कम्तिमा बर्षभरी गरेको मेहनतबाट यस किसिमका मानवीय कार्यमा सरीक भएर असाहयहरुको सेवा गर्दा मनमा आनन्द मिल्ने भन्दै आगामी दिनहरुमा समेत आफ्नो सहयोग रहने उहाँले प्रतिज्ञा गर्नुभएको छ । 

मानवसेवा आश्रमले हेटौंडामा भवननिर्माण सम्पन्न गर्न हेटौंडामा आयोजना गर्न लागेको मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठानमा समेत सहभागी हुन सबैलाई आव्हान गर्नुभएको छ ।  अनुष्ठानमा पनि उनको उनको प्रस्तुती रहने छ ।