माननीय सिता नेपालीज्यूको २५ औं बिवाह बर्षगाँठ उत्सव मानवसेवा आश्रममा


कर्णाली प्रदेश सरकारका सांसद माननीय सीताकुमारी नेपालज्यूले आफ्नो २५ औं विवाह बर्षगाँठ मानवसेवा आश्रमको सुर्खेत शाखामा मनाउनुभएको छ । उहाँले आश्रममा आई खाधान्न सामग्रीको सहयोग गरेर विवाह बर्षगाँठ मनाउनुभयो ।

श्रीमान् राम बहादुर चापागाईसंगै उपस्थिति हुनुभएको कर्णाली प्रदेश सरकारको सत्तापक्षको तर्फबाट सचेतक रहनुभएकी उहाँले कोरोनाको कहरले निम्त्याएको लकडाउनको समयमा आश्रमको व्यवस्थापनमा देखिएको असजिलोपनालाई केहि हदसम्म सहजीकरण होस् भन्ने उदेश्यले बर्षगाँठ मानवसेवा आश्रममा मनाएको बताउनुभयो ।

यस विशेष अवसरमा दाल,चामल,फलफुल तथा अन्य खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को सेवाकार्यलाई सहज बनाउन यहाँहरुले गर्नुभएको सेवा प्रति आभार व्यक्त गर्दै सहयात्राको लामो समयअवधि पार गरेको सुखद् क्षणमा यहाँहरुलाई सु-स्वास्थ्य,दीर्घायु एंव उत्तरोत्तर प्रगतिको लागि भगवानसंग प्रार्थना गर्दछौँ। 

तन स्वस्थ होस्,मन निर्मल होस्,स्वच्छ रहोस् भावना!! हजुरहरुको जीवन थप उदाहरणीय एंव सुखदायी बनोस्,यही छ मानवसेवा आश्रमको तर्फबाट लाखौँलाख शुभ भावना !!