काम गर्दागर्दै घरको छतबाट खसे, अभिभावक नभएपछी मानवसेवा आश्रम पोखरा शाखामा


केहि समय अगाडीसम्म जहाँ निर्माणको कार्य भइरहेको हुन्थ्यो त्यतै निर्माणस्थलमा भेटिईरहन्थे रमेश चौधरी । स्थायी घर गाईघाट बताउने उनि पोखरा महानगरपालिका वडा नं ८ बाट सहयोगापेक्षी अवस्थामा रहेपछि वडा अध्यक्ष रुद्रनाथ बरालज्यूको सहयोगमा शनिबार (२०७७ असोज १७ गते) मानवसेवा आश्रम पोखरा छोरेपाटन शाखामा ल्याइएको हो ।


 

निर्माणको कार्य गर्न एउटा घरको छतमा चढेको बेला रमेश चौधरी घरको छतबाट खसे । त्यसपछि स्थायी घरको समेत पत्ता नलागेपछि उनलाई स्थानीय बासिन्दाले रकम संकलन गरेर उपचारको जोहो गरे । निको भएर अस्पतालबाट डिस्चार्ज समेत भए । तर डक्टरको सल्लाह अनुसार उनले केही समय आराम गर्नुपर्ने भयो । आराम गर्नको लागि नियमित रेखदेख हुने ठाउँ मानवसेवा आश्रम उपयुक्त लागेको र उनि अन्य कुनै किसिमको मानसिक समस्या नभएकोले सुधारपछी पुन: आफ्नै पेशामा फर्किन सक्ने भएकाले केहि समय मानवसेवा आश्रमको संरक्षणमा रहनका लागि पहल गरिएको स्थानीयबासी मुक्ति अधिकारीले बताए ।

यस विषयमा वडा अध्यक्षले जानकारी गराएपश्चात उनको पिसिआर परिक्षण गरेर नेगेटिभ नतिजा आएपछि उद्दार गरिएको हो ।