बुबाको ८० औं जन्मोत्सवमा आश्रमका अभिभावक सुरेशमान श्रेष्ठज्युद्वारा अभियान्ता प्रत्साहन कोषको घोषणा...


मानवसेवा आश्रमका अभिभावक, नेपाल सरकारका पुर्व सचिव एवं बाग्मति प्रदेश लोक सेवा आयोगका अध्यक्ष माननीय सुरेशमान श्रेष्ठज्युले मानवसेवा आश्रममा समर्पित अभियान्ताहरुलाई सेवाको पथमा अघि बढ्न थप प्रेरणा दिने मनसायले मानवसेवा आश्रम अभियान्ता प्रोत्साहन कोषको घोषणा गर्नुभएको छ । 


आफ्नो पुजनीय पिता बुद्धिमान श्रेष्ठज्युको ८० औं जन्मोत्सवको  शुभ अवसरमा उहाँले यस्तो घोषणा गर्नुभएको हो । सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनको मातृत्वमा मानवता प्रवद्र्धनको लागि मानवसेवा आश्रमको माध्यमबाट समाजको सकारात्मक सुधारको लागि जीवन समर्पण गरेका अभियान्ताहरुलाई प्रात्साहन गर्नु सरकार र समाजका हरेक सचेत नागरिकको दायित्व हुने भएकोले श्रेष्ठ परिवारको तर्फबाट यस कोषको घोषणा गरिएको उहाँले बताउनुभएको छ । 


श्रेष्ठ परिवारले बुबा बुद्धिमान श्रेष्ठज्युको ८० औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम समर्पित अभियान्ता कोष स्थापनार्थ एक लाख पचासहजार रुपैया योगदान गर्नुभएको हो । 


पिता स्व.हर्क बहादुर श्रेष्ठ र माता स्व. मान कुमारी श्रेष्ठको सुपुत्रको रूपमा  वि.सं. १९९७ साल कार्तिक ७ गते दुराडाँडा, लमजुङमा बुबा बुद्धिमान श्रेष्ठको ८० बर्ष अघि जन्म भएको थियो । उहाँले मानवसेवा आश्रम सामाखुशीको स्थापनाको समयदेखी नै मासिक रु. १,१११/– (एक हजार एक सय एघार) योगदान गर्दै आइरहनुभएको छ । 


छोराबुहारी सुरेशमान श्रेष्ठज्यु र सरयु श्रेष्ठज्यु, नरेशमान श्रेष्ठज्यु र निनु श्रेष्ठज्यु, छोरीज्वाईं सरस्वती बाताजुज्यु र राजेन्द्र कुँवरुज्यु, सरीता श्रेष्ठज्यु र हरी कुमार श्रेष्ठज्यु, नाती र नातिनी बुहारी स्पन्दन श्रेष्ठज्यु र निर्मला प्रजापतिज्यु, नातिनी स्तुति श्रेष्ठज्यु, भान्जी बुहारी प्रतिभा श्रेष्ठज्युको आज विहान जुम मार्फत आयोजना गरिएको अनलाईन जन्मोत्सव कार्यक्रममा उपस्थिति रहेको थियो । 


मानवसेवा आश्रमको प्रमुख संरक्षक डा. गोविन्द टण्डनज्यु, केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीज्युको विशेष उपस्थितिमा भएको अनलाईन जन्मोत्सव कार्यक्रमको सञ्चालन आश्रमका सचिव सुमन बर्तौलाले गर्नुभएको थियो ।