अभियन्ता प्रोत्साहन कल्याणकारी कोषमा अभिभावक शेरबहादुर गौतमको रु. १,०१,१११ योगदान


कार्तिक १०, २०७७ । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) रुपन्देही शाखालाई स्थापनाकै समयदेखी अभिभावकत्व प्रदान गर्दै आइरहनुभएका अभिभावक शेरबहादुर गौतमज्यूले मानवसेवा आश्रमको सेवालाई रु. १,०१,१११/- (अक्षेरुपी एक लाख एक हजार एक सय एघार रुपैयाँ मात्र) स-प्रेम अर्पण गर्नुभएको छ ।

विजयादशमीको अवसरमा मानवसेवा आश्रममा आयोजित विजयादशमीको शुभ-भावना आदानप्रदान कार्यक्रममा उपस्थित भई मानवसेवा आश्रमको सेवामा समर्पित अभियन्ताहरुको प्रोत्साहनको लागि स्थापना गरिएको मानवसेवी अभियन्ता प्रोत्साहन कल्याणकारी कोषको लागि अभिभावक गौतमज्यूले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

शेरबहादुर गौतमज्यूले मानवसेवा आश्रमको लुम्बिनी प्रदेशको भौतिक संरचना निर्माण गर्नको लागि एक कोठा निर्माणमा लाग्ने रकमको अभिभावकत्व प्रदान गरिसक्नु भएको । यस्तै भोजनसेवाको लागि समेत आफ्नो र आफ्नो परिवारको तर्फबाट निरन्त सहयोग गर्दै आइरहनुभएको छ भने भोजनसेवा नरहेको दिन आफ्नो तर्फबाट हुन सक्ने व्यक्तिहरुलाई आश्रममा निमन्त्रणा गरेर भोजनसेवा लगायत अन्य सहयोग गर्नको लागि प्रोत्साहित गर्दै आइरहनुभएको छ ।

मानवसेवा आश्रमले वि.स २०६९ सालदेखी सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित रहँदै २०७८ सालको अन्त्यसम्ममा देशलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश निर्माण गर्ने महाअभियान सहित अगाडी बढ्दै आइरहेको छ । मानवसेवा आश्रमको देश भरि रहेका १४ जिल्लाका २० वटा सेवाकेन्द्रहरुमा ९२४ जना विभिन्न उमेरसमूहका सहयोगापेक्षी सडकआश्रित मानवहरु हुनुहुन्छ भने रुपन्देही शाखामा ११० जना लक्ष्मीनारायण तथा बालगोपालहरु आश्रित हुनुहुन्छ ।