पाँचरुपैया अभियानबाट आश्रमलाई ६०,०६०/– सहयोग


 
मानवसेवा आश्रम सहयोगार्थ दैनिक पाँच रुपैया अभियानबाट संकलित रकम मानवसेवा आश्रमलाई आज हस्तान्तरण गरिएको छ । सदैव झै सहयोग हस्तान्तरण कार्यक्रम गरि सहयोग रकम आश्रमलाई हस्तान्तरण गरिएको हो । 
मानवसेवा आश्रम काठमाण्डौं शामाखुशी शाखामा आयोजित कार्यक्रममा विभिन्न योग साधना केन्द्रहरु र समुहले संकलन गरेको रकमलाई आश्रममा हस्तान्तरण गरिएको हो ।
आज सहयोग रकम हस्तान्तरण गर्ने व्यक्ति तथा संघसंस्थाहरु निम्नानुसार रहेका छन् । 
१) सामाखुशी योग साधना केन्द्र परिवार  १८,८६०/–
२) क्रिसेन्ट ऐकेडेमी  ५०५/–
३) सविता थापाज्यू,  ५५०/–
४) लबज पुरीज्यू,  ५०५/–
५) शान्ति पुरीज्यू एवं परिवार  ६००/–
६) अनुपम योग शिविर, लाजिम्पाट  ४३०५/–
७) मुक्ति योग ध्यान प्रतिष्ठान  २५००/–
८) कमला जोशीज्यू  ९०५/–
९) शुशांख जोशीज्यू  १०००/–
१०) इन्दिरा श्रेष्ठज्यू  १०००/–
११) कमला खड्काज्यू, १०००/–
१२) जीवन श्रेष्ठज्यू, ३,०००/–
१३) अमृता भट्टराइज्यू,  २,०००/–
१४) सृजना पुडासैनीज्यू,   ५५०/–
१५) वल्वभ प्रधाङ्गज्यू,   २०००/–
१६) राधेश्यास ढंगोलजयू, ५००/–
१७) माधव खतिवडाज्यू, १,०१०/–
१८) जागेश्वर यादवज्यू  १०००/–
१९) योग समिति नुवाकोट  ९,००/–
२०) मारवाडी सेवा योग समिति  ४,८७०/–
२१) अग्नृेश्वर योग साधना केन्द्र, बालुवाटार  २५००/–
२२) मन्दिरा श्रेष्ठज्यू÷मथुरा श्रेष्ठज्यू  १०,०००/–
जम्मा : ६०,०६०/–
 
दिनेलाई पाँचरुपैया जस्तो मात्र भएपनि आश्रमको लागि भने पाँचरुपैया अभियान नियमित श्रोत बनेको छ । पाँच रुपैया अभियानमै कयौं उदारमना सहयोगी महानुभावहरुले स्वेच्छिक सहयोगहरुपनि गरिरहेको कारण पाँचरुपैया अभियान अन्य सहयोग जुट्ने माध्यम समेत बनेको छ । 
 
यस अभियानको संयोजन भने सामाखुशी योग साधना केन्द्रले गर्दै आइरहेको छ । करिब ३ बर्ष अघि आश्रमको अवलोकन पश्चात् नेपाली सेनाका पुर्व कर्नेल तथा सामाखुशी योग साधना केन्द्रका संयोजक सुवर्णलाल चित्रकारज्यूले यस अभियानको सुभारम्भ गर्नुभएको थियो ।