हराएका मानिसको परिवार खोज्दै मानवसेवा आश्रम भारतमा, श्राद्ध गर्न आँटेको आमा भेटिँदा खुसीका आँशुको बर्षा


मानवसेवा आश्रमले यतिबेला परिवारबाट बिछोड भएका मानिसहरुको परिवार खोज्दै पारिवारिक पुनर्मिलन गराउने कार्यलाई तिब्रता दिएको छ । 

मानवसेवा आश्रमले २०६९ साल श्रावण २१ गते सेवा सुरु गरेदेखी २०७७ असार मसान्तसम्म १७०० जना भन्दा धेरैको पारिवारिक पुनर्मिलन गराएको रेकर्ड रहेको छ भने ४३०० भन्दा धेरैको उद्धार गरि सेवा प्रदान गरिसकेको छ । पारिवारिक पुनर्मिलन गराएका मध्ये ५० जना भन्दा धेरै नेपाल बाहिरका सहयोगापेक्षी मानिसहरु रहेका छन् । विभिन्न कारणबाट परिवारसँग छुटेर नेपाल आएका वा नेपाल आएर परिवारसँग छुटेका सहयोगापेक्षीमध्ये खुला सिमानाको कारणले भारतियको संख्यामा बढी भएपनि बङ्लादेश, चिन, भुटान, श्रीलङ्का लगायतका मानिसहरु भेटिने तथ्याङ्क छ ।

यसैक्रममा शुक्रबारमात्र भारतको कुशीनगर जिल्ला की ६१ बर्षीय महिला को सुन्दर पारिवारिक पुनर्मिलन भएको छ । नेपालको प्रशिद्ध तीर्थस्थल पशुपतिनाथको मन्दिर दर्शन गर्न आएको बेला शिवरात्रीदेखी उनी परिवारबाट बिछोड भएकी थिईन् । उनको परिवारले ९ महिनादेखी नेपालका विभिन्न ठाउँमा खोजी गर्दापनि नभेटिएको परिवार सामाजिक सञ्चालमा परिवारको खोजीको लागि मानवसेवा आश्रमले राखेपछि पुनर्मिलन सम्भव भयो । 


त्यस्तै भारत बिहार बताउने मानवसेवा आश्रमको बीरगञ्ज शाखाका सेवा लिईरहेका १ पुरुष र ३ महिलालाई लिएर मंगलबार आश्रमको टिम उनीहरुले बताउने ठाउँतिर लाग्यो । सबैजना मानसिक रुपमा कमजोर भएपनि आश्रमको औषधीउपचार पछि घर परिवार सम्म बताउन सक्ने भएका थिए ।

२०७३ साल असार १६ गते आश्रमले मानसिक तथा शारिरीक रुपमा कमजोर रहेकी अन्दाजी ४० बर्षीय महिलालाई उद्धार गरेर मिरा मानव नामाकरण ग¥यो । त्यसपछि उनी सबैकी मिरा दिदी बनिन् । मंगलबार भएको पहिलो पारिवारिक पुनर्मिलनमा बास्तविक नाम प्रतिमा मिश्र (मिरा दिदी) लाई सिरिवास बजार, बिहारमा बसोबास गर्ने २२ बर्षीय छोराले जिम्मा लिए ।


श्राद्ध गर्न आँटेको आमा भेटिँदा वर्षिय खुसीका आँशु

पन्नापुर (मज्जफरपुर) को एक परिवार ३ वर्षदेखी खोजि गरिरहेकी आमा नभेटिएपछि उनको श्राद्ध गर्ने अन्तिम तयारीमा जुट्दै थियो । त्यसैक्रममा एककासी मानवसेवा आश्रमले पारिवारिक पुनर्मिलनको लागि रिजर्व गरेको गाडी श्राद्ध गर्न आँटेको परिवारको घर अगाडी रोकियो । गाडीको पछाडीको सिटबाट जब उनी झरिन् वातारण नै शुन्य भयो अनि निस्कीयो पीडा र हर्ष सहितको आँशु । बीरगञ्ज महानगरपालिका, श्रीराम हल नजिकबाट उद्धार गरिएकी चमेली मानवको जो मानसिक साथै चर्मरोगको समस्याबाट समेत पिडीत थिईन् । ३ बर्षदेखी मानवसेवा आश्रममा रहेकी उनको घरको दृश्य हो यो ।


बजार जान हिँडेकी पुगिन् नेपालको मानवसेवा आश्रममा 

५३ बर्षकी हेटौंडा उपमहानगरबाट उद्धार गरिएकी आश्रमले सुन्दरी आमा नाम राखिदिएको वास्तविक नाम लिलादेवी मिश्र रहेकी महिलालाई भेल्दी (सलखुवा), बिहार स्थित उनको माइतीमा पारिवारिक पुनर्मिलन गराएको छ । ३ वर्ष अगाडी माईतीबाट नै सामान किन्न बजार गएकी उनी कसरी नेपालमा पुगिन् भन्ने यकिन जानकारी छैन । ३ वर्षपछि माइती भेटिएपछि उनी खुसी छन् र माइतीले पनि स्वीकार गर्दै खुसीसाथ जिम्मा लिएको छ ।


बिहान ६ बजे बीरगञ्जबाट हिँडेको आश्रमको टिमले राति १ बजे पुनः बीरगञ्ज फर्किँदासम्ममा ३ वटा सुन्दर पारिवारिक पुनर्मिलन गराएको छ र सबैजनालाई परिवारले खोजि गरिरहेको थियो । मानवसेवा आश्रम यस्तै परिवारविहीन, अभिभावकविहीन, बेवारिसे सडकमानवहरुको उद्धार, उपचार, परामर्श तथा पारिवारिक पुनर्मिलन सेवामा वि.स २०६९ सालदेखी समर्पित रहँदै आएको छ ।