मिसन पुरा गर्न जिल्ला संयोजक र सहसंयोजकहरुको क्षमता अभिबृद्धि गराउँदै मानवसेवा आश्रम


मानवसेवा आश्रमले आफ्नो मिसन पुरा गर्न जिल्ला स्थित रहेका संयोजक र सहसंयोजकहरुको क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । 


तीन दिवसीय उत्प्रेरणात्मक कार्यक्रम सकेर जिल्ला संयोजकहरु आ–आफ्नो जिल्ला फर्किसकेका छन् भने सहसंयोजकहरु क्षमता अभिबृद्धि कार्यक्रममा सहभागी भइरहेका छन् । 


हाल २० जना सहसंयोजकहरु उत्प्रेरणात्मक कार्यक्रममा सहभागी रहेका छन् । कार्यक्रमको सहजीकरण संस्थाका केन्द्रीय अध्यक्ष एवं प्रमुख प्रशिक्षक रामजी अधिकारीज्युले गरिरहनुभएको छ ।