मानवसेवा आश्रम कास्की शाखामा अभिभावक परिवार गठन, शुष्मा पौडेल संयोजक


मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) कास्की जिल्ला शाखाको अभिभावक परिवार संयोजकमा शुष्मा पौडेल चयन हुनुभएको छ ।

सामाजिक रुपान्तरणका लागि निरन्तर रुपमा पत्रकारितासँगै अपाङ्ग, बालबालिका तथा अशक्तका पक्षमा समाचार लेख्ने तथा वकालत कार्यमा सक्रिय शुष्मा पौडेल कानुनी क्षेत्रको समेत ज्ञाता हुनुभएकोले भेलाले कानुनी सल्लाहकारमा समेत चयन गरेको छ ।

आश्रमको अभिभावक परिवार गठन कार्यविधि अनुसार जिल्ला संयोजक सदस्य सचिव रहने व्यवस्था रहेको हुनाले मानवसेवा आश्रम कास्की जिल्ला संयोजक राजन सापकोटा सदस्य सचिव चयन हुनुभएको छ भने थप १९ सदस्यीय अभिभावक परिवार गठन भएको छ ।

उक्त अभिभावक परिवारमा उषा गोशेली, विष्णुबहादुर भट्टराई, राजेश फुयाल, होमराज भट्टराई, दिनेश शर्मा, शोभा पौडेल, मदन थापा, दुर्गाप्रसाद तिमिल्सिना, राहुल पाण्डे, मेघमान श्रेष्ठ, बिष्णु गुरुङ, शान्ति न्यौपाने, लक्ष्मी भट्टराई, कमला पराजुली, लक्ष्मी थापा, कुलमाया क्षेत्री, धर्मराज बास्तोला, धनबहादुर थापा र लालशिव गोगी रहनुभएको छ ।

आश्रमको जिल्ला शाखाको सेवालाई थप प्रभावकारी बनाउन र आगामी दिनमा आश्रमको सेवामा सहजता प्रदान गर्न, आवश्यकता अनुसार गुणस्तरीयता बढाउन र जनजनमा पुर्याउन अभिभावक परिवारको मुख्य जिम्मेवारी रहने छ ।

हाल देशको १६ जिल्लाको २२ वटा स्थानमा सेवा केन्द्र बिस्तार गरि सेवा सन्चालन गरिरहेको मानवसेवा आश्रमको २०७८ फागुन भित्रमा देशलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माण गरि घोषणा गर्ने उद्देश्य रहेको छ ।