मानवसेवा आश्रमको आ.व २०७६/०७७ को प्रगति प्रतिबेदन र लेखा परिक्षण प्रतिबेदन सार्वजनिक, कुल ४५५५ जनालाई सेवा प्रदान


मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले आर्थिक बर्ष २०७६/०७७ सालको प्रगति प्रतिबेदन र लेखा परिक्षण प्रतिबेदन सार्वजनिक गरेको छ । कोरोनाको कारणले कार्यक्रम केहि ढिला भएको हो ।

आर्थिक बर्ष २०७६/०७७ को अन्त्यसम्ममा मानवसेवा आश्रमले कुल ४५५५ जनालाई सेवा प्रदान गरेको संस्थाका केन्द्रीय महासचिव शुशिला केसी (रुपा) ले बताउनुभयो । जसमा अहिलेसम्म १३५० जनाको पारिवारिक पुनर्मिलन भएको छ । त्यस्तै हाल आश्रित १०५५ जना, आश्रममा नै शरीर छोड्नुभएको ३५० जना र बैकल्पिक सेवा लिनुहुने १८०० जना रहेको छ ।

यस्तै आर्थिक बर्षको अन्त्य सम्ममा १५ करोड ९४ लाख २१ हजार २ सय ९० रुपैयाँ ३८ पैसाको कुल सेवा कारोबार गरेको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमल्सिनाले जानकारी गराउनुभयो । मानवसेवा आश्रमले आर्थिक वर्ष २०७६/०७७ मा १० करोड ६६ लाख २९ हजार आम्दानी गरी ७ करोड ८५ लाख ५५ हजार खर्च गरेको छ । व्यक्तिगत तथा संस्थागत चन्दा, दान, अनुदान मुख्य आम्दानीको स्रोत रहेको आश्रमको गत असार मसान्तसम्म २ करोड ८० लाख ७४ हजार बचत रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । \

मानवसेवा आश्रमको प्रगति प्रतिबेदन डाउनलोड गर्नुहोस् !

मानवसेवा आश्रमको लेखा परिक्षण प्रतिबेदन डाउनलोड गर्नुहोस् !