नेपालमा नयाँ जीवन पाएकी बंगलादेशी चेली घर फर्कर्दै ....


 

आश्रम छाडेर जाँदै गर्दा मन भक्कानीएको छ तर आफ्नै देश फर्कना पाउँदा, ११ बर्षदेखी सम्पर्कविहीन भएको परिवार भेट्दा खुशीको आँशू बगेको छ । 

उद्धारको समयमा मनोरोगको कारण घर परिवार र आफ्नो बारेमा समेत बेखबर रहेकी उनको नाम मानवसेवा आश्रमले नै गिता मानव राखिदिएको थियो । क्षेतविक्षत भएको मन र करिब करिब कुहिएको हात लिएर खुला आकाशमुनी कष्टपुर्ण जीवन विताउन विवश गिता मानवलाई २०७२ बैशाख २५ गते चितवन राम नगरको जङ्गलबाट उद्धार गरी आश्रमा ल्याइएको थियो । 

ठूला शहरको छेउछाउको राजमार्गसँग जोडीएको जंगलमा बेवारीसेरुपमा मनोरोगी भई खुला आकाशमुनी रात विताउन पर्ने बाध्यात्मक अवस्थाले एक चेलीलाई दिने पीडा र उनले सामाना गर्नुपर्ने जोखिमलाई हाम्रो हृदयले सजिलैसँग अनुभूती गर्न सक्दैन । एक पटक गिता दिदीको ठाउँमा आफ्नो छोरी चेली, श्रीमती वा आमालाई राखेर हेरौं त ? 

पुरै हात कुहिएकी, मनोरोगको कारण आफैलाई समाल्न नसक्ने अवस्थामा मृयुसँग पौठेजोरी खेलिरहेकी गिता मानव यदि सडकमै हुन्थिन भने सायद उनको परिवारले उनलाई सदाको लागि गुमाउन पर्ने थियो । 

तर यस्तो हुन पाएन । घरबाट सम्पर्क विहीन भएको ५ बर्ष अघि उनलाई मानवसेवा आश्रमको टोलिले उद्धार गर्यो । करिब ६ बर्षसम्म आश्रमले उपचार गरायो र पारिवारीक स्नेह दियो । उनको हराएको स्मृति फिर्ता भयो । आफै विरामी बनेकी गिता अब अरु आफूजस्तै समस्यामा परहेकाहरुको सेवा गर्न सक्ने भइन् । परिवार र आफन्तको बारेमा बताईन ।

बंगलादेश घर भएको खुलेछि मानवसेवा आश्रमले नेपालका लागि बंगलादेश दुतावासँग समन्वय गर्यो । दुतावासको पनि राम्रै सहयोग गर्यो । 
गिता मानव मानवसेवा आश्रमले दिएको परिचय थियो । उनले आफ्नो नाम ममिना बेगम (मिनु) बताएकी छिन् । हाल हरेकदिन छोरासँग घण्टौ भिडीयो कल गर्ने भएकी छिन् मिनु । र यही पौष ८ गते बंगलादेश एयरलायन्समार्फत घर फर्कदै छिन् । 

.....र उनी ११ बर्षपछि घर फर्कदै थिइन । तर मृत्युको मूखबाट बचाएर पाँच बर्षसम्म सँगै राखेको मानवसेवा आश्रम पनि उनका लागि अर्को परिवार बनिसकेको थियो । त्यसैले एक परिवारको मिलन अर्को परिवारको विछोडको कारण बन्यो । 

 

दिदीसँगै बेसिसहर नपा ६ तल्लो मकैडाडाको चौतारीमा ६ बर्ष अघि बेवारिसे अवस्थामा फेटिएका बाबुलाल मानव (महोमद बबुल) ८ गते नै घर फर्कदैन छन् । मानवसेवा आश्रमका माहासचिव शुशिला केसी रुपा, १ नं. प्रदेश संयोजक रुपा केसी र आश्रमका अभिभावक नारायण ढुंगाना बाबुलाल दाई र गिता दिदीलाई लिएर पारिवारीक पुनर्मिलनको लागि यहि ८ गते बंगलादेश जाँदै छन् । यस अघि पनि मानवसेवा आश्रमले नेपालका लागि बंगलादेश दुतावाससँग समन्वय गरी ३ जना बंगलादेशी नागरिकलाई स्वदेश फिता गराइसकेको छ । 

नेपाल घुम्न आएको बेला ममिना बेगम परिवाबाट सम्पर्क विहीन भएको परिवारले बताएको छ । दिदीको सुखद भविष्यको लागि हामी भगवानसँग प्रार्थना गर्दछौं । 

सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा बर्ष २०७८ सफल पारौं । 
सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनको लागि नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा सञ्चालित मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) 

 
तपाईपनि यस अभियानलाई सहयोग पुर्याउन चाहानुहुन्छ भने हामीलाई सम्झनुहोस् ।
सम्पर्क : हाम्रो हट लाईन मोवाइल नं. हरु ९८५५०७६००१ देखी ९८५५०७६००४ सम्म ।