सहयोगापेक्षी सडकमानव उद्धारको लागि मेची माहाकाली यात्रा ...



नेपालमा एक समुह यस्तो पनि छ, जसको साथमा न खानको लागि अन्न छ, न ओत छेक्नको लागि छानो छ, माया प्रेम र स्नेह बाड्ने घर परिवार र आफन्त त परको कुरा भयो । 
अझै कतिजना त दिशा पिसाव र फोहोरमा लत्पत्तिएर, पुषमाघको कठ्याग्रीदो ठण्डी र चैत्र बैशाखको प्रचण्ड गर्मीमा जीवनको भीक मागीरहेका छन् । 


न उनीहरुको हेरचाहा र पालनपोषण गर्ने गरिदिने परिवार र आफन्त छन्, न स्वयं आफ्ना लागि केही गर्न सक्ने अवस्था छ । मान्छे मार्ने अपराधिलाई समेत खान, बस्न र निशुल्क औषधी उपचार गराइदिने व्यवस्था भएको लोककल्याणकारी राज्यमा देशका कयौं नागरिक सडकपेटी र सार्वजनिक स्थलहरुमा मान्छेकै भेषमा जन्मिएरपनि नागरकिय जीवन विताउन बाध्य हुँदै आएको दृश्य हामीले देख्दै र भोग्दै नै छौ । 


 

तथापि यस समस्याको सरकारी तह बाट लेखाजोखा गर्ने, परित्यक्तताको कारण पत्ता लगाई रोकथामका लागि आवश्यक उपाय अवलम्बन गर्ने तथा परित्यक्तत र असहाय स्थितिमा पुगेकाहरूलाई सामाजिक संरक्षण दिनेतर्फ जे जति प्रयास हुनु पर्दथ्यो त्यो हुन सकेको थिएन । 
 

...तर अब भने यस अवस्थाको अन्त्य हुने भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युले पटक पटक सडकपेटी र सार्वजनिक स्थलहरु भोकै, नाङ्गै कष्टपूर्ण जीवनयापन गर्न पर्ने अवस्थाको अन्त्य गर्ने उद्द्योष गर्नुभएको छ ।


 नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रमबाटै सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश बेहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुमा कमजोर मानवहरुको व्यवस्थापन गरी सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने उद्योषले सहयोगापेक्षीहरुको मानवोचित व्यवस्थापनमा सरकारको सक्रियता ह्वात्त्तै बढेको छ ।  


मानवसेवा आश्रमले २०६९ सालदेखी नै २०८२ सालभित्र खुला आकाशमुनी सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा कमजोर सडकमानवहरु रहित राष्ट्र नेपाल (सहयोगापेक्षी सडकमानवमुक्त राष्ट,« नेपाल) निर्माण गर्ने लक्ष्य राखेको मानवसेवा आश्रमले नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ सहयोग र अभिभावकत्वमा यस अभियालाई २०७८ सालभित्रै पुरा गर्ने प्रतिवद्धता सहित २०७८ साललाई सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा बर्ष मनाउने लक्ष्य राखेको छ । 


यसै लक्ष्य प्राप्तीका मानवसेवा आश्रमले यहि पौष ७ गतेदेखी माघ ७ गतेसम्म सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम     (मेची माहाकाली यात्रा सञ्चालन गर्ने भएको छ ।)  
नेपाल सरकारका तीनै तह र प्रहरी प्रशासनसँगको सहकार्यमा सञ्चालन हुने यस मेची माहाकाली यात्रामा मानवसेवा आश्रमका ३० जना अभियान्ताहरु संलग्न (यात्री) रहने छन् । राजमार्ग र राजमार्ग क्षेत्रमा रहेका प्रमुख र सायक सहरहरुमा नै सहयोगापेक्षीमानवहरुको चाप बढी रहने कारण हुँदा सोही अनुसार कार्यक्रमको रुट बनाईएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभएको छ।


हरेक प्रदेशमा ४ देखी ५ दिन सञ्चालन हुने यस कार्यक्रम अन्तर्गत हरेकदिन प्रदेश सरकार, स्थानिय सरकार र प्रहरी प्रशासन र स्थानियवासीहरुसँगको सहकार्यमा उद्धार भएका सहयोगापेक्षीहरुसँग सहभोज कार्यक्रम गरिने छ । सहभोज स्थलमै सहयोगापेक्षीहरुको नुवाईधुवाई, सरसफाई र प्रार्थमिक उपचार गराई उद्धार गरीएका सहयोगापेक्षीहरुलाई मानवसेवा आश्रममा स्थानान्तरण गराइने छ । सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनको लागि सरोकारवाला निकायहरुसँग अन्र्तक्रिया गरिने छ। जनस्तरमा मानवता प्रवद्र्धन र सहयोगापेक्षीहरुको उद्धार सम्बन्धि जनचेतना अभिबृद्धि गराउन विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरिने छ । 


यस अभियान अन्र्तगत ४०० जना सहयोगापेक्षी मानवहरुको उद्धार गरी मानवसेवा आश्रममा स्थानान्तरण गराउने तयारी मानवसेवा आश्रमको रहेको छ । सहयोगापेक्षी सडकमानवहरुको मानवोचित गर्दै पतशिल अनुसार प्रदेश घोषणा र देश घोषणाको लागि तपशिल अनुसार मिति तय गरिएको छ ।