प्रधानमन्त्री केपी शर्मा ओलीज्यु र प्रथम महिला राधिका शाक्यज्युद्वारा सहयोगापेक्षी सडकमानवहरुको उद्धारका लागि जाने मेची महाकाली यात्रा टोलिको विदाई....


यात्रामा संलग्न ३६ यात्री (अभियान्ता)हरुलाई प्रधानमन्त्री निवास बालुवाटारबाट सम्माननीय प्रधामन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यज्युले शुभभावना तथा विदाई कार्यक्रम गरी यात्राको समुद्घाटन गर्नुभएको छ । 


मेची देखी महाकाली सडकसम्म पुर्वपश्चिम राजमार्गमा र राजमार्गका प्रमुख एवं सहायक शहरहरुमा खुला आकाशमुनी सडकपेटी र सार्वजनिक स्थलहरुका कष्टपुर्ण जीवयापन गर्न विवश सयोगापेक्षीहरुको उद्धार गर्नु यस यात्राको प्रमुख ध्येय राखि मानवसेवा आश्रमले आयोजना गर्न लागेको यात्रामा सहभागी हुने यात्रीहरुलाई विदाई गरिएको हो । 


यात्रीहरुलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलज्युले नेपालको राष्ट्रिय झण्डा अंकित ब्याज र दोसल्लाबाट विदाई तथा शुभभावना राख्नुभएको छ । प्रधानमन्त्री अर्धाङ्गीनी तथा प्रथम महिला राधिका शाक्यज्युले यात्रीलाई स्यानिटाइजर, माक्स, न्यानो कपडा, ड्राइफुड प्रदान गर्नुभएको छ । 


अभियान्ताहरुलाई नेपालको झण्डा अंकित ब्याज र न्यानो सल लागाई मेची माहाकाली  शुभ भावना दिनुभएको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युले यो सरकारको सहयोग नभई सद्भाव भएको बताउनुभएको छ । 


समर्पित अभियान्ताहरुले मानवसेवा आश्रमको माध्यमबाट गर्दै आइरहेको योगदानलाई स्मरण गर्दै उहाँले भन्नुभयो – “मेरो छोराछोरी छैनन्, छोराछोरीको कति माया लाग्छ त्यो मलाई थाहाँ छैन तर यदि छोराछोरी नै हुन्थे भनेपनि मलाई सायद तिमीहरुको आफ्नो छोराछोरीको भन्दा अलि बढी माया लाग्ने थियो । विदेशट डलर पठाइदिन्छु भनेर मानवसेवा आश्रमको खोल्नुभएको थिएन । सरकारले सहयोग गरोस अनी गर्छु भनेर बस्नुभएन । कसैको बर्ष समाजसेवी अवार्ड वा बर्ष पुस्तिकामा पर्ने रहर र लहडबाट यस अभियानको सुभारम्भ भएको थिएन । सडकमा लडिरहेका, अति कतष्टपुर्ण जीवनयापन गर्न विवश ती आमाबाबाको दुख र पिडालाई हेर्न सक्नुभएन अभियानको सुभारम्भ भयो । त्यसैले यस पवित्र अभियानलाई साथ दिनु देशको प्रधानमन्त्री भएको नाताले मेरो कर्तव्य हो र मेरो चाहना पनि । म प्रधानमन्त्री भएको देशमा कोही नागरिक खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्न पर्ने बाध्यात्मक अवस्था रहने हुनै सक्दैन त्यसैले यस अवस्थाको अन्तको लागि मानवसेवा आश्रमले गर्दै आइरहेको प्रयासलाई सफल नेपाल सरकारको तर्फबाट मानवसेवा आश्रमलाई हुनसक्ने सहयोग उपलब्ध गराउँदै आइरहेको  बताउनुभएको छ ।”


सम्माननीय प्रधामनत्री केपी शर्मा ओलीज्युको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभाअध्यक्षता प्रधानमन्त्री अर्धाङ्गीनी तथा देशकी प्रथम महिला राधिका शाक्यज्युले गर्नुभएको थियो भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ, बरिष्ठ गाएक एवं समाजसेवी आनी छ्योइङ डोल्माको विशेष आतिथ्यता रहेको थियो । 


त्यस्तै यसै कार्यक्रमको अवसर पारेर मानवसेवा आश्रमले ५ बर्षअघि नेपालको सडकपेटीबाट अति कष्टपुर्ण जीवनयापन गर्न विवश बाध्यात्मक अवस्थामा फेला पारी उद्धार गरेको दुई बंगलादेशी नागरिकलाई  प्रधनमन्त्री केपी शर्माओलीज्युले नेपालका लागि बंगलादेशी राजदुतलाई हस्तान्तरण गर्नुभएको छ ।


दुतावासले मानवसेवा आश्रमका प्रतिनिधि समेतको सहभागीतामा आज बंगलादेशमै पुगेर पारिवारीक पुनर्मिलन गराउने कार्यक्रम तय भएको छ ।
पौष ७ गते काठमाडौंको बालुबाटरबाट यात्राको लगि विदा भई आएको ३५ जना अभियान्ताहरु विराटनगर आईपुगेका छन् । यात्रीहरुलाई आज सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश सरकारका माननीय राज्यमन्त्री जसमाया गजमेर र सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालज्युले स्वागत गर्नुभएको छ ।