मेची महाकाली यात्राको पहिलो दिन झापाबाट ७६ जनाको उद्धार



२०३५ सालमा एस एल सी सकेको होमनाथ बरालले ४ बर्षकै उमेरमा बुबाको मायाबाट बन्चित हुनुपर्यो । २०४५ बर्षमा उनको आमापनि स्वर्गवास भइसकेपछि उनी टुहुरो हुन पुगे । विवाह भयो, दुई छोरी र १ छोरापनि भयो । तर कालान्तरमा न श्रीमती न छोराछोरी सायद पारिवारीक सुख होमनाथको कुण्ठलीमै थिएन । 


गाई पालेर  गाँउभरका सबैलाई दुध खुवाउन भ्याउने होमनाथ बराल एकै दिनमा २३ देखी ४० लि. सम्म दुध बेचेको दिलाई सम्झेर एकछिन भाभुक बने । हाम्रो आत्मा नै फरक फरक रहेछ । हामी एक हुनै सकेनौं । छोरीहरु दुवैको विवाह भइसक्यो । छोरासँग मेरो सम्पर्क नै छैन । विगत १५ बर्षलेखी कन्काईमाई मन्दिर आसपासमा बस्दै आइरहेको थिए, होमनाथ बराल बताउछन् । 


घर काहाँ हो दिदी भनेर सोध्दा रमाला तामाङले सोझो सवाफ फकाईन् मेरो घर नै छैन । अप्ठेरो मन्दै रमलाले भनिन् बुबा सानैमा वित्नुभयो । आमा अरुसँगै गईन । मलाई मिना दिदीले पाल्नुभएको मिना यति मात्र बताउछिन् । उनलाई आफु कति बर्ष भए भन्नेपनि थाहाँ छैन । आफै हिड्न सक्दिनन् । उनी आफै पालिन सक्ने अवस्था छैन । हेरचाहा र पालनपोषण गरिदिने कोही भएन । 


दाई हजुरको नाम के हो ? आकाश चौधरी, घर ? जगतपुर । उमेर कति भयो ? थाहा छैन । घरमा को को हुनुहुन्छ ? कोहीपनि छैन । अनि काहाँ बस्नुहुन्थ्यो नि ? बृत्तामोड मन्दिरमा ।


८४ बर्षीय बृद्ध आमा मञ्चमायाको घरमा भने एक छोरा छन् । स्थानीहरुले पनि पञ्चमाया आमाले राम्रैसँग चिन्ने रहेछन । तर आमा कहिल्लै घरमा बस्न नमान्नु हुँदो रहेछ । र कतैबाट आज फेरी प्रहरी र नगरपालिकाको टोलिले उद्धार गरी ल्याएको रहेछन् । आमाको छोरा खोजेर परिवारमा पठाउन पाए हुन्थ्यो भन्दा स्थानीहरु छोराको आफ्नै बेहाल भएको बताउछन् ।  रक्सि खाएको तालमा कहिलेकसो आमालाई समेत पिट्ने गरेको र आमा घरमा बस्न नखोजेको बुझिन आयो । 


विज्ञान विषयमा स्नातकोत्तर गरेका बताउने अच्युतम् प्रसाद अधिकारीलाई काठमाडौं पढ्न बसेका बेला घरबेटीको छोरी मन परेको थियो । कालान्तरमा उनको प्रेम सफल हुन सकेन । पठाईमा अति तेज मानिएका अच्युतम स्कल कलेजको परिक्षामा त सधै राम्रो गर्थे तर जीवनको परिक्षामा नराम्रोसँग फेल हुन पुगे र मनोरोगी भई दशकौंदेखी कष्टपुर्ण जीवन विताउन बाध्य भएका छन् । 


सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम (मेची महाकाली अभियान–२०७७)को झापास्थित सुरुङ्गामा आयोजना भएको सहयोगापेक्षी सडकमानवहरुसँगको सहभोज कार्यक्रममा उपस्थित थिए होमनाथ बराल, रमला तामाङ, आकाश चौधरी, पञ्चमाया आमा र अच्युत्तम प्रसाद अधिकारी र उनीहरु जस्तै अनेकौं जीवनका उत्तरचढावबाट थलिएका ७६ जना सडकमानवहरु  । उनीहरुलाई स्थानीय जनप्रतिनिधी र प्रहरीले सडकपेटीबाट उद्धार गरी कार्यक्रम स्थलमा ल्याएका थिए । 


बर्षैदेखीको फोहोर र दुर्गन्धपुर्ण कपडामा सहभोज स्थल ल्याईएका सडकमानवहरुको अत्यन्त कारुणीक दृश्यले कार्यक्रममा उपस्थित सबैको हृदय स्पर्ष गरेको थियो । जनप्रतिनिधी र नेपालप्रहरी सडक सहयोगापेक्षी मानवहरु खोजी खोजी कार्यक्रम स्थलमा ल्याउन व्यस्त थिए । मानवसेवा आश्रमका अभियान्ता तथा स्वेयमसेवकहरु उनीहरुको नुवाईधुवाई र सरसफाईमा बेस्त थिए । झपाजिल्ला भरका सहयोगापेक्षी सडकमानवहरु भेला हुँदा फोहोर र दुर्गन्धमय बनेको सुरुङ्गा पानीटंकीको चौरमा दिन ढलेसँगै सत्कर्मरुपी प्रेमको फूल फक्रेको प्रष्ट देखिन थालेको थियो । बर्षैदेखी घरपरिवारविहीन भएर सडकजीवन विताइरहेकाहरुले एक नयाँ परिवार पाएका थिए । छिछि र दुरदुर सहदै आएकाहरुले प्रेमपुर्ण स्नेह पाएका थिए । 


मेची महाकाली यात्राको पहिलो दिन झापा जिल्लाको १५ स्थानीय पालीकाहरुबाट ७६ जना सहयोगापेक्षीको उद्धार भएको छ । उद्धार गरिएकामध्ये ४५ जना पुरुष २८ जना महिला, १ जना बालक र १ जना बालिका रहेका छन्। उद्धार गरिएका सहयोगापेक्षी सडकमानवहरुलाई मानवसेवा आश्रमको विराटनगरस्थित रहेको दुई शाखाहरुमा राखिएको छ ।