मेची काली यात्राको दोस्रोदिन सुनसरीबाट १११ जनाको उद्धार


मेची काली यात्राको दोस्रोदिन सुनसरीबाट १११ जनाको उद्धार । 


मेची महाकाली अभियानको दास्रो दिन सुनसरीबाट एकैदिन एक सय नौ जनाको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश सरकार र मानवसेवा आश्रमले जिल्लाभरको सम्पुर्ण स्थानीय पालिकाहरुसँगको सहकार्यमा सहयोगापेक्षीहरुसँगको सहभोज कार्यक्रम आयोजना गरि सहयोगापेक्षीहरुकोे उद्धार गरिएको हो । 


सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम (मेची माहाकाली यात्रा–२०७७) सुभारम्भ भएसँगै आज सुनसरीको इटहरीमा कार्यक्रम गरी १०९ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये अधिकांश धरान र ईटहरीको सडकपेटी र सार्वजनिक स्थलहरुमा खुला आकाशमुनी रात विताउन विवश सडकमानवहरु रहेका छन् । 


आज उद्धार गरिएका सडकमानवहरुमध्ये करिब ४० जना मात्र बास्तविक बेसहारा रहेको र बाँकीलाई पारिवारमा पुर्नस्थापना गर्न सकिने मानवसेवा आश्रम १ नं. प्रदेश शाखाका प्रदेश संयोजक नवराज केसीले बताउनुभएको छ । 


सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम (मेची महाकाली यात्रा अन्र्तगत) आज इटहरी नगरपालिकाको व्यवस्थापनमा भएको कार्यक्रमको सभाअध्यक्षता इटहरी नगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमज्युले गर्नुभएको थियो भने १ नं. प्रदेश सरकारका माननीय राज्य मन्त्री जसमाया गजमेरले कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो । कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, सामाजिक विकास मन्त्रालय ३ नं. प्रदेश सरकारका सचिव गोविन्द बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी फडीन्द्रमणि पोखरेल, मानवसेवा आश्रमका अभिभावक अनिता लामा लगाएतको उपस्थिति रहेको थियो । 


अनुमान गरेभन्दा बढी र वास्तविक सहयोगापेक्षी नभई श्रमिक प्रकृतिका सडकमानवहरुको संख्या बढी भएकोले व्यवस्थापनमा केही कठीनाई देखिएको छ । दिनभर काम गरेर राति सडकमा सुत्ने, कमाएको सबै पैसा जाँडक्सि र कुलतमा सक्ने र घर परिवार हुँदाहुँदै सडकमै रमाउने  प्रकृतिका सडकमानवहरु  बढी पाइएकोले अब उद्धार गर्दा बाध्यात्मकरुपमा कष्टपुर्ण जीवनयापन गरिरहेकाहरुलाई मात्र प्रार्थमिकता दिने तयारी मानवसेवा आश्रमले गरेको छ । 


आज उद्धार गरीएकामध्ये ८८ जना पुरुष ७ जना महिला र १६ जना सडकबालक रहेका छन् । उद्धार गरीएका बालबालिकाहरुलाई आज नै महिला बालबालिका खोजतलास तथा समन्वय केन्द्रमा पठाइएको छ भने स्थानको अभाव भएका कारण विराटनगरमा एक पार्टीप्यालेस समेत भाडामा लिई आज उद्धार गरिएका सहयोगापेक्षीहरुलाई राखिएको छ । भोलि मोरङ जिल्लामा भएका सहयोगापेक्षीहरुको उद्धार गरिने छ । हिजो झापा जिल्लाभरका ७६ जना सहयोगापेक्षी सडकमानवहरुको उद्धार भएको थियो । 


थप जानकारीको लागि ः ९८५५०७६००१ देखी ९८५५०७६०१५ सम्म ।