हेटौंडामा अनुष्ठान रौनक: महजोडीले दिए दुई लाख, बरिष्ठ समाजसेवी जोशी र टण्डनको दश दश लाख


हेटौंडामा अनुष्ठान रौनक : समुद्घाटनमै महजोडीले दिए दुई लाख, बरिष्ठ समाजसेवी जोशी र टण्डनको दश दश लाख सहयोग  
 


मकवानपुरको हेटौंडामा मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान २०७५ को रौनक छाएको छ । हरेक दिन विशेष पुजाआजाको साथमा सुभारम्भ हुने गरेको अनुष्ठानमा दिनमा संगीतमय, लिलामय प्रवचन तथा प्रस्तुतीहरु भैरहेको छने । यस अनुष्ठानको मुख्य वाचकको भुमिकामा भने चैतन्य कृष्णजी महाराजले निर्भाह गरिरहनुभएको छ । 


हरेकदिन जसो कोहिन कोही राष्ट्रिय कलाकारहरु र विशिष्ट व्यक्तित्वहरुबाट सज्जिने गरेको मञ्चमा हजारौं व्यक्तिहरु हरेकदिन सज्जिने गरेको छ। 


अनुष्ठान मानवसेवा आश्रमले हेटौंडामा निर्माण गरिरहेको ३०० जना सहयोगापेक्षी घरबार विहिन, बेसहारा, असाह तथा जीवन नै जोखिममा रहेका मानवहरुको सेवा गर्न सकिने भवनको पुर्णता दिने तथा सुदृढ अक्षयकोष निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको छ । 


अनुष्ठानको समुद्घाटन आश्रमका सद्भावना दुत एवं बरिष्ठ हाँस्य कलाकार मह जोडीले गर्नुभएको थियो । सदुघाटन समारोहमै मह जोडीले दुई लाख रुपैया आश्रमको भवननिर्माणको लागि सहयोग हस्तान्तरण गर्नुभएको थियो । 


अनुष्ठान मुल आयोजक समितिका संयोजक तथा शिक्षाविद पुरण बहादुर जोशीज्यूले हेटौंडा स्कुल अफ म्यानेजमेन्टको तर्फबाट दश लाख रुपैया र मानवसेवा आश्रमका प्रमुख संरक्षक डा गोविन्द टण्डनज्यूले दश लाख पचास हजार सहयोग गर्नुभएको छ । 


हरेकदिन साँझ हेटौंडाको विभिन्न ठाउँबाट गाडी नै रिजर्भ गरेर ५००/७०० जना हेटौंडाबासी भजनकितृन तथा सत्संघमा जुटिरहेको छन् । रहेक दिन यो संख्या बढ्दै गइरहेको छ । 

 विशेष झाँकीहरु र बरिष्ठ कलाकारहरुको हरेकदिन आकर्षण रहेको यस अनुष्ठानमा १७ गते निखिल उप्रेती, १८ गते मनोज गजुरेल १९ गते दिपा श्री निरौला र सुमन गिरी र २० गते शिवहरी पौडेल र किरण के.सी. आउने तय भएको छ । 
अनुष्ठानको चौथोदिन सम्ममा पचास लाख विस हजार साठ्ठी रुपैया संकलन भएको छ । मानवसेवा आश्रमको भवननिर्माणलाई पूर्णता दिई गृहप्रवेशको लागि दुई करोडको आवश्यकता रहेको छ भने यसै अनुष्ठानबाट सुदृढ अक्षयकोष समेत स्थापना गर्ने संस्थाको अपेक्षा रहेको छ । 


मानवसेवा आश्रमले खुला आकाशमुनी कोहिपनि मानिस भोकै र नाङ्गै बेसहारा भएर रात विताउनु नपर्ने राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ । 
हाल १२ जिल्लामा १४ स्थानमा आश्रमका शाखा तथा उपशाखाहरु सञ्चालनमा रहेको छ ।