जनसभामा सहभागी हुन काठमाडौं आएका थिए कुल प्रसाद....(भिडीयो सहित)


२८ गते विहान गोरु लिएर बाँझो खेत जोत्न जान ठिक्क परेका बेला गाउँका साथिहरुले आज जसरीपनि काठमाडौं जान पर्ने बताएपछि कुल प्रसादले नाई भन्न सकेनन् । खल्तीमा पैसा थिएन, कतैबाट जोरजाम गर्न समय पनि पुगेन ।

पार्टीकै बसमा जाने र खान पनि उतै खुवाने र बेलुका फिर्ता ल्याईदिने भनेपछि उनी पैसा नबोकिकनै काठमाडौं आए । उनीसँगै खचाखच गरी ६० जना (छतमा सहित) बसमा चेढेका थिए । बानेश्वरबाट आईपुगेपछि भने बस अघि बढेन । सबैजना हिडेरै भृकुटिमण्डप पुगे ।

दिनभर भाषण सुनेर कुल प्रसाद हतार हतार गरी विहान बसबाट ओर्लेको ठाउँमा पुग्दा बस उनलाई छाडेरै अघि बढिसकेको थाहा पाएपछि उनी नराम्रोसँग जिल्लिए । काठमाडौंमा कोही आफन्त नभएको र मोवाईल नबोक्ने बानी भएकाले कुलप्रसाद घर फर्कन सकेनन् र सडकपेटीमै रात विताउन बाध्य बने ।

सेतोपुलमुनी कष्टपुर्ण जीवन विताइरहेकाहरु केहीको तत्काल उद्धार गर्नुपर्ने खबर आएपछि मानवसेवा आश्रमको टोली शुक्रबार रातको १० बजेको समय सेतोपुल पुगेको थियो । सेतोपुल मुनी दिशापिसाव र अनेकौं फोहोरको विचमा सुरूङ जस्तो ठाउँमा केही थोत्रा डस्ना र पातला ब्लाङकेटहरु भेटिए । तर मान्छे भने कोहीपनि देखिएन । सायद त्यस ठाँउमा सुत्नेहरु त्याहाँ आइपुगेकै रहेनछन् । 

मनोहरा खोलाको किनारमा बेवारिसे अवस्थामा एकजना बेसहारा छन् भन्ने खबर पहिलेनै प्राप्त भएकोले आश्रमको टोली सेतोपुलबाट मनोहरा जान अगाडी बढ्दै थियो । सेतोपुलमै जोडीएको  मन्दिर अघिल्तिर सडककिनारामा जाडोले कठ्याङ्ग्रीएर सुतिरहेका मानिस देखियो । 


लगाएको स्वीटर तानेर टाउको छोपेको र थरथर कामिरहेको अवस्थामा देखेपछि उद्धार टोलिले बुबालाई बोलायो । तपाईको घर काँहा हो बुबा ? काभ्रेको चौरी देउराली, कहिलेदेखी सडकपेटीमा बस्नुभएको ? २८ गतेदेखी हो । अनि किन घर नगएर यहाँ बसेको त ? जनसभावामा सहभागी हुन आएको, गाडीले छोडेर गएछ । पैसा भएन, हिडेर जानपनि नजिक छैन । भोलिचाही हिडेरै भएपनि जानुपर्ला । 
बाँकी भिडीयोमा :


मानवसेवा आश्रमले बुबालाई उद्धार गरी भोलिपल्ट विहानै गाउँपालिका अध्यक्षज्युसँग कुराकानी गरेर उहाँकै अनुरोधमा गाढी चढाई घर पठाईएको छ ।