सहयोगापेक्षी सडकआश्रित मानवमुक्त मकवानपुर जिल्ला घोषणाको दाश्रो बार्षिकोत्सवको अवसरमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


फागुन ४ गते, २०७७ । सहयोगापेक्षी सडकमानवमुक्त मकवानपुर जिल्ला घोषणा गरिएको दाश्रो बार्षिकोत्सवमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

२०७५ साल फागुन ४ गते जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख अभिभावकत्वमा जिल्लालाई घोषणा गरिएको हो । 
 

यस अन्तरक्रिया कार्यक्रममा सडकमानवहरुको क्षेत्रमा क्रियाशिल मकवानपुर जिल्लाका विभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
 

कार्यक्रममा यस क्षेत्रमा क्रियाशिल मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान), ओम वृद्धा आश्रम, मामाघर नेपाल लगायतका संस्थाका प्रतिनिधिहरुले २ बर्षको अन्तरमा भएका कार्यहरु, समस्याहरु र प्रगति विवरणहरु सार्वजनिक गर्नुभएको थियो ।
 

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालज्यूको सभाध्यक्षतामा समापन कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डा. मान बहादुर बि.केज्यू, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव हरि लम्सालज्यू, मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोबिन्द टण्डनज्यू लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिज्यूहरुको उपस्थिती रहेको थियो ।
 

“सहयोगापेक्षी मानवहरु वास्तवमा मानव नै होइनन् भन्ने धारणा परिवर्तन भएको छ”
कार्यक्रममा सहभागी हुनुभएका बागमती प्रदेशका प्रमुख सचिव डा. मान बहादुर बि.केज्यूले सडक मानवहरुको विषयमा चिन्तन गर्दै आएको थियो । तर आवश्यकता अनुसार सोच्न नसकेको भने पक्कै हो । "पहिला पहिला मनोरोगी व्यक्तिहरु मान्छेहरु नै होइनन् भन्ने सोचाइ थियो । हाल त्यो अवस्था परिवर्तन भएको छ ।" उहाँले भन्नुभयो ।