मानवसेवा आश्रम गोरखा शाखाको भवननिर्माण शिलान्यास सम्पन्न


फाल्गुन ४ गते, २०७७। मानव सेवा आश्रम गोरखाको भवन शिलान्यास गरिएको छ । भवनको एक कार्यक्रम बिच गोरखा नगरपालिका ८ को अर्चले भन्ने स्थानमा शिलान्यास गरिएको हो ।
भवनको शिलान्यास पछि भएको कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आफुले यस अघि देखेको सपना पुरा हुन लाग्दा खुशी भएको बताए । प्रमुख अतिथी मेयर पन्तले गोरखा सदरमुकाम भित्रै मानव सेवा आश्रमको भवन निर्माण गर्ने आफ्नो सपना साकार हुन लागेको भन्दै आगामी दिनमा पनि भवन निर्माणकालागी नगरपालिकाबाट सहयोग जारी रहने बताउनु भयो ।
संयुत्त रुपमा भवनको शिलान्यास गरेका पालुङटार नगरपालिकाका मेयर ई.दिपकबावु कडेलले सबै भन्दा ठुलो सेवा मानवी सेवा भएकोले यस्ता कार्यकालागी बन्न लागेको भवनलाई नगरपालिकाले सहयोग उपलब्ध गराउने बताउनु भयो ।
करिब १० रोपनी क्षेत्रफलमा फैलिएको उत्त जमिन गोरखा नगरपालिकाले ५० बर्षकालागी आश्रमलाई भोगाधिकार दिएको छ । उत्त जमिनमा २१ हजार स्क्वाएर फिटमा फैलिएको ६ तले भवन निर्माण हुने भवन निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केले बताउनु भयो ।
भवन निर्माणकालागी प्रदेश सरकार मार्फत ५० लाख र गोरखा नगरपालिकाले पहिलो चरणमा २० लाख रुपैयाँ अनुदान स्वरुप उपलब्ध गराएको छ । भवन निर्माणमा ६ करोड ५० लाख रुपैयाँ खर्च हुने संयोजक मास्केले बताउनु भयो ।
शिलन्यास कार्यक्रममा मानवसेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनज्यु, जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु एंव मानवसेवा आश्रमका अभिभावक, सुवेच्छुकहरुको स-प्रेम सहभागिता रहेको थियो।