सम्माननीय प्रधानमन्त्रीज्युको जन्मदिनमा मानवसेवा आश्रमको २२ ओटै सेवा केन्द्रका १६६० बेसहारालाई भोजनसेवा


सम्माननीय प्रधानमन्त्रीज्युको जन्मदिनमा मानवसेवा आश्रमको २२ ओटै सेवा केन्द्रका १६६० बेसहारालाई भोजनसेवा


सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको आज पर्न गएको जन्मदिनको अवसरमा मानवसेवा आश्रमको सम्पुर्ण शाखामा भोजनसेवा हुँदै छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युकी अर्धाङ्गीनि राधिका शाक्यज्युले प्रधानमन्त्रीज्युको जन्मदिनको अवसरमा आश्रममा भोजनसेवा गराउने प्रबन्ध गर्नुभएको हो । 


मानवसेवा आश्रम २०७८ सालभित्र कोहीपनि नागरिक देशको खुला आकाशमुनी बाध्यात्मकरुपमा कष्टर्पू जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा कमजोर) मानवमुक्त देश बनाउने लक्ष्यसाथ सहयोगापेक्षी सडकमानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको कार्यहरु गराउँदै आइरहेको छ । आश्रम नेपाल सरकारको आशिंक अनुदान र परोपकारी नेपाली मनहरुको साथ, सहयोग र अभिभावकत्वमा सञ्चालित छ । 

परोपकारी नेपाली मनहरुले आफ्नो जन्मदिन, विवहा बर्षगाँठ, पितृकर्म तथा विशेष अवसरमा गराईने भोजनसेवा बापत प्राप्त हुने सहयोग मानवसेवा आश्रम सञ्चालनको प्रमूख स्रोत हो । 
थप जानकारीको लागि : ९८५५०७६००१ देखी ९८५५०७६०१५ ।