टोखा नगरपालिकाद्वारा मानवसेवा आश्रमलाई ५ खाल बराबरको औषधी र मेडीकल उपकरण सहयोग


टोखा नगरपालिकाले मानवसेवा आश्रमलाई नगद रु ५ लाख बराबरको औषधी र मेडीकल उपकरण सहयोग गरेको छ । नगरपालिकाले आठौं नगरसभाबाट विनियोजन गरेको नगद रु पाँच लाख रुपैयाबाट औषधी तथा मेडीकल सामाग्री खरिद गरि आश्रमलाई हस्तान्तरण गरेको छ । विहीबार टोखा नगरपालिकामै आयोजित एक अनौपचारिक कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीज्यु र ज्ञानीमाया ढंगोलज्युले सहयोग सामाग्री आश्रमलाई हस्तान्तरण गर्नुभएको हो ।

प्राप्त औषधी र मेडीकल सामाग्री मानवसेवा आश्रमको नयाँ शाखा रानिवन, वनस्थलीमा मेडीकल कक्ष निर्माण गरिने छ । ३०० जनालाई सेवा दिन सकिनेगरी तयारी थालेको रानिवन शाखामा हाल १०० जना सडक सहयोगापेक्षी मानवहरुले आश्रय लिइरहेका छन् ।

आश्रमले खुला आकाश सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी सडकमानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको कार्य गराउँदै आइरहेको छ ।