माता पिताको अभाव पुरा गर्ने थलो बन्दै मानवसेवा आश्रम ।


पछिल्लो समय स्व. आमाबुबाको अभाव पूरा गर्ने थलो बन्दैछ मानवसेवा आश्रम । यसपटक भाद्र २२ गते परेको कुशे औंशी तथा पिता सम्मान दिवशमा देशभर मानवसेवा आश्रमको शाखाहरुमा स्व. बुकाको सम्मान र स्मृतिमा सहयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको छ । 


मानवसेवा आश्रम रानिवन काठमाडौं शाखामा मात्र २२ गते मात्र १६ जना परोपकारी मनहरुले आफ्नो स्व. पिताको सम्मानमा सहयोग गर्नुभएको छ । जस्मध्ये ८ जनाले भोजनसेवाका लागि सहयोग गर्नुभएको थियो भने अन्य ८ जनाले खाद्यन्न तथा कपडा सहयोग गर्नुभएको छ । 


काठमाडौं ४ कुकेधारा निवासी मित्रलाल श्रेष्ठज्युले आफ्नो स्व. बुबा गोपिलाल श्रेष्ठज्युको सम्मानमा, काठमाडौं ४, बसुन्धारा निवासी श्री मञ्जु सिंह राणा ज्युले आफ्नो स्व. बुबा उदय सिंह राणाज्युको सम्मानमा, ललितपुर ३ पुलचोक निवासी श्री ममता सिंह राणा ज्युले आफ्नो स्व. बुबा अंगीरा सम्शेर राणाज्युको सम्मानमा, टोखा १० महादेवटार अवस्थित जनजागृती महिला समूहले सम्पूर्ण पितृहरुको सम्मानमा, टोखा ३ धनेश्वर निवासी श्री सानु गुरूङज्युले स्व. श्रीमान् ईश्वर गुरुङज्युको ४४ औं दिनको पुण्य स्मृतिमा, सरकारी धारा काठमाडौं निवासी नविना कर्मचारीज्युद्वारा स्व. बुबा नन्दकृष्ण कर्मचार्यज्युको पूण्य स्मृतिमा, कामनापा १६ नर्सरीचोक निवासी सरस्वति खड्काज्युद्वारा स्व. पुजनीय बुबा श्री गीत बहादुर थापाज्युको ३७ औं पुण्य स्मृतिमा, अनामनगर काठमाडौं निवासी खेम संग्रौलाज्युद्वारा स्व. बुबा मनोहरी संग्रौलाज्यु, स्व. ठूलो बुबा श्री भानुभक्त संग्रौलाज्युको सम्झना तथा विरामी आमा मनमाया संग्रौलाज्युको सिघ्र स्वास्थ्य लाभाको कामना सहित आश्रमका गरिमा लक्ष्मीनारायण तथा बालगोपालहरुको सेवाको लागि योगदान गर्नुभएको छ । 


यस्तै परोपकारी श्री केशवराज शर्मा, उषा शर्मा, चन्दा शर्मा, आनन्दराज ढकालज्युले आफ्नो स्व. बुबा नारायण प्रसाद शर्मा, स्व. बुबा हिमराज वाग्ले, स्व. भेजी प्रसाद उपाध्यायज्युको सम्झनामा, घुर्केली ६ सर्लाही निवासी श्री रिया त्रिपाठीज्युले आफ्नो स्व. बुबा छत्र प्रसाद त्रिपाठीज्युको सम्झनामा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण तथा बालगोपालज्युहरुको योगदान गर्नुभएको छ भने आलोक नगर ३१ काठमाडौं निवासी नरेन्द्र भूपालज्युद्वारा बुबा कुल भूपाल मल्लज्यु सम्मानमा सहयोग गर्नुभएको छ । 


हालसम्म बुबाको मुख हेर्ने दिन अर्था पिता सम्मान दिवको अवसरमा मानवसेवा आश्रम रानिवन शाखालाई ९३,१,२५ सहयोग संकलन भएको छ भने केही सहयोगहरु आउने प्राप्त हुने क्रममा छ । 
हाल १७५ जना सहयोगापेक्षी सडकमानवहरुले आश्रय लिइरहेका मानवसेवा आश्रम रानिव शाखामा दैनिक न्यूनतम खर्च ५० हजार रुपैया रहेको छ । मानवसेवा आश्रम यस्तै परोपकारी नेपाली मनहरुको साथ, सहयोग र अभिभावकत्वमा सञ्चालित छ । 


मानवीय सेवामा सहयोग गर्नुहुने सम्पूर्ण मानवताप्रेमी मनहरुप्रति विशेष आभार । स्व. पितृहरुको आत्मशान्ति एवं बैकुण्ठ बासको लागि भगवानजीसँग प्रार्थना ।।