काठमाण्डौंको सडकपेटीबाट उद्धार गरि बंगलादेश एयरलायन्समार्फत पारिवारीक पुनर्मिलन


काठमाण्डौंको  सडकपेटीबाट उद्धार गरि बंगलादेशदेश एयरलायन्समार्फत पारिवारीक पुनर्मिलन

 मानवसेवा आश्रम काठमाण्डौंले महाराजगञ्जको सडकपेटीबाट संरक्षणमा लिएको एक मनोरोगी महिलालाई आज बंलादेश दुतावास मार्फत पारिवारीक पुनर्मिलन गराईएको छ । 
आश्रमले २०७४ जेठ २१ गते महाराजगञ्ज सडकपेटीबाट उद्धार गरि संरक्षणमा लिएको बंलादेशी नागरिक विलकिश बेगमलाई आज दुतावास मार्फत पारिवारीक पुनर्मिलन गराइएको हो । 

उनी आज बंलादेश एरलाइन्सको विमान चढी १ बजेकाठमाण्डौंबाट ढाका उडिन । आठ बर्षदेखी बेपत्ता भएकी विलकिश भेटीने आशा समेत  गुमाइसकेका परिवारजनले आज अत्यन्त हर्षित भई विलकिशलाई विमानस्थलबाट शकुशल बुझेका छन् । ढाकास्थित नेपाली दुतावास र काठमाण्डौं स्थित रहेको वंलादेश दुतावासको समन्वयमा विलकिशलाई विमान मार्फत स्वदेश फर्काउन आश्रम सफल भएको हो । विलकिश बेगमको स्थाई घर बंलादेशको नारायणगञ्ज मुन्सीनगर कुटुबपुर रहेको उनको परिवारले बताएका छन् ।

 आश्रमले काठमाण्डौंमा  स्थानको अभावको समस्या भएपछि विलकिश बेगमलाई आश्रमको वीरगञ्ज शाखामा स्थानान्तरण गराएको थियो । सुरुवातको चरणमा परिवार र आफन्तबारे केही बताउन नसक्ने उनी मनोरोगी थिइन । आश्रमको निरन्तरको प्रेम र औषधी उपचार पश्चात् विलकिशले परिवार र आफ्नोबारे बताउन सक्ने भइन् । 

(बेगमलाई विमान चढाउन जादैं आश्रमका अभियान्ताको साथमा वंलादेश दुतावासका कर्मचारी) 

व्यवसायको शिलशिलामा वीरगञ्ज आएका वंगलादेशका व्यापारीसँग आश्रमका अभिभावक प्रकाश थारुले परिवार खोजी कार्यका लागि सहयोग गरिदिन अनुरोध गरेका थिए । व्यापारीले बंलादेश पुगेर विलकिशको परिवारको सम्पर्क पत्ता लगाए । बर्षौदेखी परिवारबाट सम्पर्क विहिन बनेकी विलकिशलाई परिवारले धेरै समयसम्म खोजेका थिए तर फेला नपरेपश्चात् भने भेट्ने आशा नै मारेर बसेका थिए । मानवसेवा आश्रमको प्रयासले आज आठ बर्षदेखी परिवारबाट विछोडीएकी विलकिशको पारिवारीक पुनर्मिलन सम्भव भएको छ । 


विलकिशलाई लिएर बंलादेश दुतावास काठमाण्डौं पुगेका मानवसेवा आश्रमका स्वयंसेवकहरुलाई वंलादेशी दुत मास्फी बेन्ते साम्सले भेटेरै धन्यबाद व्यक्त गरेकी छिन् । भेटमा दुत मास्फीले आजसम्म यस प्रकारको सेवा नदेखेको पनि बताइन । आफ्नै देशका नारगरिक वंलादेशी दुत मास्फीलाई भेटेपछि विलकिशले नेपालीहरु अत्यन्त राम्रा मनको हुने रहेछन्, उनीहरुकै कारण म घर फर्कन पाए भन्दै भाबुक बनेकी दुतावास पुगेका मानवसेवा आश्रमका अभियान्ता आनन्द भण्डारी बताउछन् । 


मानवसेवा आश्रमले २०६९ सालदेखी निरन्तर विलकिश जस्तै घरबार विहिन, बेसहारा तथा असाहय मानवहरुलाई सडकपेटीबाट उद्धार गरि सेवा प्रदान गर्दै आइरहेको छ । २०८२ सालभित्र पुरै नेपाललाई नै वेसहारा रहित राष्ट्र बनाउने संस्थाको उद्देश्य रहेको मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारी बताउनुहुन्छ । 


मानवीयताको कुनै सीमा हुँदैन भन्ने मान्यताको साथ खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्न विवश जो कोही बेसहारा तथा जीवन जोखीममा रहेका सहयोगापेक्षी मानवहरुलाई उद्धार गरि सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमले हालसम्म ५६० बढी सहयोगापेक्षी मानवहरुलाई नेपालमै र ३० बढीलाई भारत र वंगलादेशमा घरमै पुर्याइसकेको छ । एक हजार आठ सय बढी सडकमानवहरुलाई सेवा दिइसकेको  यस आश्रमको  विभिन्न शाखामा हाल ६०० बढी बेसहारा सहयोगापेक्षी मानवहरु संरक्षणमा छन् । 

(उद्धारको समयमा विलकिश बेगम, २०७४ जेठ २१ गते )

(आज दुतावासमा बंगलादेश फर्किने क्रममा खिचिएको विलकिश बेगमको तस्विर)