दुई दशक बढी सडकजीवन विताएका खुकुलालको मानवसेवाले गर्यो उद्धार(भिडीयो सहित)


(रातको १२ बजे बृद्ध खुकुलाल बुबाको उद्धारको क्रममा मानवसेवा आश्रमका अभियान्ताहरु सिनामगंल KMC अस्पतालको अगाडी) 

दुई दशक बढी सडकजीवन विताएका खुकुलालको मानवसेवाले गर्यो उद्धार 

मानवसेवा आश्रम काठण्डौंले राती बाह्र बजेको समयमा काठमाण्डौंको सिनामगंलबाट एक असहाय बृद्धको उद्धार गरेको छ।  
खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० बर्षीय बृद्ध सडकजीवन विताउन थालेको २० पछि चैत्र १ गते राती १२ बजेको समयमा आश्रमले उद्धार गरि सामाखुशी स्थित काठमाण्डौं शाखामा ल्याएको हो । 

कसैले केही दिए खाने नत्र भोकै बस्नुपर्ने बाध्यतावीच सडकजीवन व्यतित गर्दैै आइरहेका महर्जन सिनामंगलमा भएको घर सानैमा दाइले बेचेर गाउँ गएपछि आफु सडकमा आएको बताउछन् । 

मनमैजु निवासी मुना राइले कार्यालय आउदा जादा बृद्ध बुबा सडकपेटीमा सुतिरहेको देखेपछि आश्रमलाई खबर गर्नुभएको थियो । 

रातको एघार बजे आश्रमको टोली उद्धारको लागि सिनामंगल पुग्दा पेटीमै सुतिरहेका थिए खकुलाल महर्जन । दुईओटा कुकुर उनीसँगै सुतिरहेको थिए । सम्पपत्तिको नाममा कसैले दिएको तिनचार ओटा केरा, आदि पोका पाउरोटी र केही ठूला साइजका कपडाहरु ८० बर्षे बृद्धको साथमा भेटिए । स्थानिय ट्याक्सी ड्राइभरले आफुले १० बर्षदेखी त्यहि ठाउँमा बृद्धलाई पेटीमै सुत्ने गरेको देखेको बताए ।

(सडकपेटीमा सुतिरहेको अवस्थामा बृद्ध बुबा खकुलाल महर्जन)

 लगाउनको लागि एक दुई जोर कपडा थियो तर लगाएको भने रहेनछन् । हामीले जाडो हुन्छ भएको कपडा त लगाएरै सुतेको भए हुन्थ्यो नि भनेर प्रश्न राख्दा उनले, भन्ने वित्तिकै नुवाउन पाउदैन, कपडा लगाएरै सुत्दा जुम्रा पर्ने डरले कपडा नलगाएको बताए । 

उनी जुन घरको पेटीमा सुतेको थिए त्यो आफ्नै भान्जाको​को घर भएको बद्ध बुबा बताउछन् । परिवार र आफन्त त टन्नै छन् तरपनि उनीहरुकोमा आफुलाई बस्न सजिलो नभएको बृद्धको भनाई रहेको छ ।

सानै हुँदादेखी नै सडक पेटीमै सुत्ने गरेको महर्जनले बुबा आमालाई आफु सानै हुँदा गुमाए । भएको घर बेचेर गाउँ गएका दाईले आफुलाई भने सँगै गाउँ नलगेको महर्जनले गुनासो गरे । आब त दाइपनि वितेको धेरै भैसक्यो । 

यसरी भयो उद्धार, भिडीयो हेर्नुहोस् । ​

यस अघिपनि कुनै आश्रमले लगेको थियो तर उहाँ आफै बस्न नमानेर फेरी सडकमै आएको उद्धारको क्रममा भेटीएको एक स्थानियले जानकारी दिए । 

भान्जा भन्जी र अन्य आफन्तलाई सम्झाइ बुझाई परिवारमै बस्न सहजीकरण गरिने मानवसेवा आश्रमका काठमाण्डौंकी सह संयोजक सन्तोषी मगर बताउछिन् । 

मानवसेवा आश्रम काठमाण्डौं शाखाका संयोजक सुमन बर्तौला, सह संयोजक सन्तोषी मगर र अभियान्ता जमिर श्रेष्ठ सहितको टोलिले बृद्ध महर्जनलाई रातको १२ बजे सिनामंगलको सडकपेटीबाट संरक्षणमा लिएका थिए ।

 (उद्धार पश्चात् आश्रमका अभियान्ताहरूको साथमा बुबा, २०७५ चैत्र १ गते रातको बाह्र बजेको समयमा मानवसेवा आश्रम प्राङगणमा)​