बेसहाराको सारथी बनिन् लक्ष्मी श्रेष्ठ, एक असहायको अभिभावकत्व ग्रहण ​


 

बेसहाराको सारथी बनिन् लक्ष्मी श्रेष्ठ, एक असहायको अभिभावकत्व ग्रहण ​

दिनदुखी र असहायहरुको सेवामा समर्पित मानवसेवा आश्रमको सेवालाई सहज बनाउन एक बेसाहाराको अभिभावकत्व लक्ष्मी  श्रेष्ठले लिनुभएको छ ।  पुर्नवास नगरपालिका ६ कञ्चनपु स्थाई घर भइ हाल ललितपुरको ज्वागलमा बस्दै आइरहनुभएका लक्ष्मी श्रेष्ठले एकजना लक्ष्मीनारायणहरुको मासिक पालनपोषण खर्च बापतको मासिक ५ हजार सहयोग गरि एक जना बेसहाराको अभिभावकत्व लिनुभएको हो । 

करियर बनाउने यस समयमा आफ्नै लागि जति पैसा भएपनि पुग्दैन यो सबै युवाहरुको भोगाई होे । तरपनि आफ्ना इच्छाहरुलाई कटौती गरि दिन दुखी र असाहयको लागि केही गरौं भन्ने भावनाले ओतप्रोत लक्षी श्रेष्ठज्युप्रती सादर नमन् । 

उहाँले आज मंसिर, पुष, माघ, फागुन र चैत्र महिनाको एकजना बेसहारा बापत लाग्ने न्युनतम मासिक खर्च २०,०००/– बीस हजार रुपैया आश्रमलाई हस्तान्तरण गर्नुभएको हो ।  

 

मानवसेवा आश्रमको एक जना बेसहाराहरुको न्युनतम मासिक खर्च ५,०००/– (मासिक पाँच हजार रुपैया) लाग्ने गर्छ । हाल देशभर नै बेसहारा सडकमानवहरुको अवस्था हेर्ने हो भने करिब ३५०० जनाको लागि लक्ष्मी श्रेष्ठ जस्तै अभिभावकत्व लिने महानुभावहरु बनाउन सके बेसहारा रहित नेपाल निर्माण ठूलो कुरा हुने छैन । 
हाल मानवसेवा आश्रममा ६५० जना बेसहारा मानवहरुले सहारा लिइरहेका छन् ।