अन्तराष्ट्रिय सामाजिक सेवा दिवसको अवसरमा मानवसेवा आश्रम सम्मानित


अन्तराष्ट्रिय सामाजिक सेवा दिवसको अवसरमा मानवसेवा आश्रम सम्मानित भएको छ । आश्रमलाई नेपाली पहिलो सि.एन.एन. हिरो तथा ३ नं. प्रदेश प्रमुख अनुराधार कोइरालाज्युले चैत्र ८ गते शुक्रबार सम्मान गर्नुभएको हो । 
एम्स इन्टरनेश्नल कलेजका समाजिक सेवा कार्य (BSW) विभागले सम्मान कार्यक्रम आयोजना गरेको हो । विगत लामो समयदेखी घरबार विहिन, परित्यक्त तथा बेसहारा मानवहरुको उद्धार, उपचार तथा पारिवारीक पुनर्मिलन गराउदै आइरहेको कारण सम्मान प्रदान गरिएको थियो । 


कार्यक्रममा प्रदेश प्रमुख कोइरालाले सबैले आ–आफ्नै स्थानबाट राष्ट्रनिर्माणको लागि केही गर्नुपर्ने भन्दै आश्रमले गरिरहेको कार्यको लागि प्रशंसा गर्नुभएको थियो । 
प्याप्सन नेपालका सह–अध्यक्ष डि.के. ढुंगानाज्युले अन्तराष्ट्रिय सामाजिक सेवा दिवसको दिन सामाजिक सेवा कार्य अध्ययनरत विधार्थीहरुको माझमा अनुराधा कोइराला, रामजी अधिकारी जस्ता सामाजिक क्षेत्रका हस्तीहरुको उपस्थितीमा गरिएको कार्यक्रमको जति प्रशंसा गरेपनि नसकिने बताउनुभएको थियो भने एम्स कलेजका प्रमुख टि.आर. ढकालज्युले मानवसेवा आश्रमलाई कलेजको सदैव अभिभावकत्व रहेने बताउनु भएको छ ।