Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

मानवसेवा आश्रम र राष्ट्रिय युवा परिषदबीच सहकार्य


सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलन कार्यको लागि मानवसेवा आश्रम र राष्ट्रिय युवा परिषदबीच सम्झौता भएको छ । 
सम्झौता अनुसार सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी युवाहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलन मानवसेवा आश्रमको गराउने छ भने उनीहरुको पालनपोषण बापतको केही रकम मासिक रुपमा प्रती व्यक्तिका दरले राष्टिय युवा परिषदले उपलब्ध गराउने छ । 
माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माज्यू, श्रीमान् सचिवज्यू एवं राष्टिय युवा परिषदका श्रीमान् कार्यकारी उपाअध्यक्ष माधव ढुंगेलज्यूको मानवसेवा आश्रमको अवलोक तथा संस्थाको सम्पुर्ण गतिविधि नजिकबाट नियालीसकेपश्चात् परिषदले सहकार्यको लागि हात अघि बढाएको थियो । 
सम्झौतामा राष्टिय युवा परिषदका तर्फबाट कार्यकारी उपाध्यक्ष श्रीमान् माधव ढुंगेलज्यूले हस्ताक्षेर गनुभएको थियो भने मानवसेवा आश्रमको तर्फबाट संस्थाका केन्द्रिय अध्यक्ष रामजी अधिकारीज्यूले हस्ताक्षर गर्नुभएको थियो ।