आज मानवसेवा आश्रम पोखरा शाखाले आफ्नो आय व्याय विवरण सहित प्रगति प्रतिवेदन सार्वजनिक गर्ने


आज मानवसेवा आश्रम पोखरा शाखाले आफ्नो आय व्याय विवरण सहित प्रगति प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।

मानवसेवा आश्रम पोखरा शाखाको पहिलो स्थापना दिवसको अवसरमा आश्रमको प्रगती विवरण सार्वजनिक गर्न लागिएको हो । 

गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री माननीय रामशरण बस्नेतज्युको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनज्यु, प्रदेश सभाका माननीयज्युहरु जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी,स्थानिय निकायका जनप्रतिनिधिहरु, आश्रमका अभिभावक, सहयोगी, सुभेच्छुकहरुको उपस्थितीमा हुने मानवसेवा आश्रम गण्डकी प्रदेश प्रमुख तथा केन्द्रिय कोषअध्यक्ष होमनाथ तिमल्सिनाले बताउनु भयो । 
कार्यक्रम आज दिनको ०३ः३० बजे डेविड फल्ज नजिकै रहेको मानवसेवा आश्रमको पोखरा शाखामा हुनेछ ।